प्रेस काउन्सिल पुरस्कार बोहरा र न्यौपानेलाई

press-council-awardकाठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट आज दुई पत्रकारलाई मरणोपरान्त पुरस्कृत गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा दिवङ्गत पत्रकार कर्ण बोहरा र सञ्जय न्यौपानेका धर्मपत्नी क्रमशः ममता र राधिकालाई जनही रु दुई लाख ५० हजार राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

कञ्चनपुरका पत्रकार बोहराको गत मङ्सिर ८ र ललितपुरका पत्रकार न्यौपानेको गत कात्तिक २० गते अल्पायुमा निधन भएको थियो । मिर्गाैलापीडित धर्मपत्नी ममताको उपचारको रेखदेखका क्रममा कर्णको तथा न्यौपानेको मस्तिष्काघातको उपचारका क्रममा निधन भएको थियो ।

समारोहमा राष्ट्रपति भण्डारीले प्रेस स्वतन्त्रताको उपयोग गर्दा नागरिक स्वतन्त्रता र व्यक्तिको गोपनीयतालाई समेत ख्याल गर्न आग्रह गर्दै पेसागत मर्यादा उच्च बनाउन र पत्रकार प्रोत्साहन गराउन काउन्सिलको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारितालाई सम्मान गर्नु लोकतन्त्रको सम्मान हो भन्दै पत्रकारिताले लोकतन्त्रलाई परिष्कृत तुल्याउन भूमिका निर्वाह गर्ने जनाउनुभयो ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले असल काम गर्दा जीवनकालमा मात्र होइन मरणपछि पनि राष्ट्र र समाजले सम्मान गर्छ भन्ने सन्देश दिन सो पुरस्कार सफल भएको जनाउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले दिवङ्गत पत्रकारद्वयको निधनबाट पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter