पहिलो सोलार मिनी ग्रीड परियोजना उद्घाटन

solar-gridतनहुँ, ६ पुस । गरिबमुखी सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत नेपालमा पहिलोपटक निर्माण भएको सोलार मिनी ग्रीड परियोजनाको आज जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, आइपाड र युएनस्क्यापको रु एक करोड ३३ लाख ९५ हजार र सरल ऊर्जा नेपाल प्रालिको रु २१ लाखको लागतमा तनहुँको बैदी गाविस–२ दुबुङमा सो परियोजना निर्माण भएको हो ।

अठार किलोवाट क्षमताको सो परियोजनाबाट उत्पादित विद्युत्लाई तीन किलोमिटरको प्रसारण लाइनबाट गाविसका २ र ३ वडाका १३० घरपरिवारमा विद्युत् आपूर्ति गरिएको छ । केन्द्रीय प्रसारण पुग्न नसकेको सो गाउँमा गत वर्षको मङ्सिरमा नै सो परियोजना निर्माण सम्पन्न भई उपभोक्ताले चौबिसै घन्टा विद्युत् सुविधा उपभोग गर्दै आएका छन् ।

कार्यक्रममा मन्त्री जोशीले देशका सातवटै प्रदेशमा केन्द्रीय प्रसारणलाइन पुग्न नसकेका गाउँबस्तीमा यस किसिमका नमुना परियोजना निर्माण गरी जनतालाई विद्युत् सुविधा पु¥याउने सरकारको योजना रहेको बताउनुभयो ।

सो मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले ऊर्जालाई आम नागरिकको पहुँचमा पु¥याउन सरकारले नवीकरणीय ऊर्जाको अनुदान नीति ल्याएको जानकारी दिँदै यस्ता प्रविधिको प्रवद्र्धनबाट मानव स्वास्थ्य र वातावरण संरक्षणमा योगदान पुग्नुका साथै स्थानीयस्तरमा नै आयआर्जनका अवसर निर्माण गर्न सकिन्छ भन्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सरकार, निजी क्षेत्र र समुदायको लगानीमा नेपालमा नमुनाका रुपमा पहिलोपटक निर्माण भएको यो आयोजनाको सफल कार्यान्वयनका आधारमा देशका अन्यत्र पनि विस्तार गर्न सकिने धारणा राख्नुभयो ।

सो अवसरमा युएनस्क्यापका कोजी इवाकामीले नेपालमा नमुनाका रुपमा निर्माण गरिएको यस आयोजनाको सफल कार्यान्वयनबाट आफू खुसी भएको र यसको दिगो सञ्चालन गरी स्थानीय समुदायको ऊर्जाको आवश्यकता परिपूर्ति गरी जीविकोपार्जनमा सुधार ल्याउन सकिने बताउनुभयो ।

परियोजना अवलोकनका लागि लाओस, इन्डोनेसिया, चीन, भारत, अमेरिकालगायत विभिन्न आठ देशका ऊर्जाविद् पनि त्यहाँ पुगेका थिए । युएनस्क्यापको सहयोगमा नेपाललगायत थाइल्यान्ड र लाओसमा पनि गरिबमुखी सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार परियोजना निर्माण गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter