मौरीपालक किसानलाई समस्या

honeybee-honeycomb-macro_26201_990x742कञ्चनपुर, ६ पुस । लगानी अनुसारको आम्दानी गर्न नसकिएपछि मौरीपालक किसान मारमा परेका छन् ।

चरनक्षेत्रको अभावका कारण मह न्यून मात्रामा उत्पादन हुन थालेपछि किसान अन्य पेसा अपनाउन बाध्य भएका छन् । पाँच वर्ष अघिदेखि मौरीपालनमा लागेका शङ्करपुर गाविस– ७ का नरेश बोहराले आम्दानी लिन नसकेपछि व्यवसाय नै छाडनुभएको छ ।

दोदा नदीको बाढीले खेतबारी बगाएपछि उहाँले मौरीपालन व्यवसाय अपनाउनुभएको हो । “लगानी अनुरुप मह उत्पादन हुन सकेन्,” उहाँले भन्नुभयो ।

त्यसैगरी सेरेना र मेलिफेरा जातको मौरीपालन गर्दै आएका भीमदत्त नगरपालिकाका हर्कबहादुर थापा लगानी उठ्न नसकेपछि व्यवसाय त्यागेको बताउनुहुन्छ । मौरीपालकलाई तालिम र ज्ञानको अभाव रहेको उहाँको भनाइ छ ।

जिल्लाको बेलौरी, पुर्नवास, भीमदत्त नगरपालिकाका चारवटा ठाउँमा नमुना प्रदर्शन गरी किसानलाई मौरीका घार निःशुल्क वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी बताउनुहुन्छ । वार्षिक तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म माहुरीको मह उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।

जियो लाइट जडान गर्न सम्झौता

खानेपानीमा चुनाको समस्या हटाउनका लागि भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित महेन्द्रनगर साना सहरी खानेपानी तथा सरसफाइ समितिले जियो लाइट प्रविधि जडानका लागि नगर विकास कोषसँग ऋण सम्झौता गरेको छ ।

समिति र कोषबीच जियो लाइट प्रविधि जडानका लागि रु छ करोड सात लाख ३९ हजारको ऋण सम्झौता भएको छ । समितिका अध्यक्ष अफिलाल जोशीका अनुसार नगर विकास कोषले उपलब्ध गराउने ऋण र अनुदान रकम बाहेक उपभोक्ताले रु चार लाख २९ हजार व्यहोर्नु पर्नेछ । दुई हजार ४०० परिवारले खानेपानीको उपभोग गर्दै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter