छाउपडीका नाममा विदेशी डलर व्यर्थ, ज्यान गुमाउँदै किशारी

Chaupadiखेम बम / डोटी, ७ पुस । प्राकृतिकरुपमा महिला महिनावारी हुनु स्वाभाविक नै हो । प्रायः १२ देखि १४ वर्षको उमेरबाट किशोरी महिनावारी हुने गर्दछन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव हुने भएका कारण स्वास्थ्यको दृष्टिकोणले सरसफाइमा सुरक्षित हुनु अनिवार्य हुन्छ ।

पहिलोपटक महिनावारी हुँदा अलि बढी संवेदनशील बन्नुपर्ने हुन्छ । यो समयमा किशोरीलाई पारिवारिक माया र स्नेहकोे खाँचो परेको हुन्छ । तर सुदूरपश्चिमका जिल्लामा भने यो समयमा चेलीले अप्ठ्यारो स्थिति बेहोर्नुपर्ने हुन्छ । पहिलोपटक महिनावारी हुँदा त झन् १२ देखि १५ दिनसम्म घरबाट टाढा बस्नुपर्ने र धेरैको नजिक नआउने जस्ता समस्याले झन् यहाँ असहज स्थिति सिर्जना हुनेगर्छ ।

सामाजिक विकृति र कुसंस्कारका रुपमा मौलाएको छाउपडी प्रथालाई लिखितरुपमा निर्मूल गर्ने सहमति भए तापनि व्यावहारिक रुपमा जस्ताको तस्तै रहेको छ । डोटी जिल्लास्थित महिला तथा बालबालिका कार्यालयका अधिकृत निर्मला दाहालका अनुसार महिनावारी आफैँ समस्या होइन, त्यसलाई समाजले लगाएको निषेधको उपज हो । छाउपडीका विषयमा विभिन्न गैरसरकारी संस्थासँग समन्वय गर्दै महिला तथा बालबालिका कार्यालय, डोटीले समेत कार्य गर्दै आएको दाहालले बताउनुभयो ।

आदिमकालदेखि चलिआएको परम्परालाई निर्मूल गर्न नसकिए तापनि नियन्त्रणका प्रयास भएको अधिकृत दाहालको भनाइ छ । तर त्यो व्यवहारमा भने फिटिक्कै परिवर्तन भएको छैन । डोटीलगायत सुदूरपश्चिमका छाउपडीसम्बन्धी कार्य गर्ने संस्थामा कार्यरत महिला नै महिनावारीको समयमा अलग्गै बस्ने र कसैको शरीरमा नलाग्ने गरेको एक स्रोतले बताएको छ ।

छाउपडीसम्बन्धी चेतनाको विकास नहुँदै ग्रामीण भेकमा कार्य गरिरहेका राष्ट्र्यि तथा अन्तर्राष्ट्र्यि गैरसरकारी संस्था (एनजिओ÷आइएनजिओ) ले छाउगोठ भत्काउने जस्ता चेतनाको विस्तार गर्दा यसले उल्टो रुप लिएको डोटीका समाजसेवी टेक बमको भनाइ छ । निश्चित समयका निम्ति कार्य गर्न आएका गैरसरकारी संस्थाले एकैपटक परिवर्तन गर्न खोज्दा यो समस्या विकराल बनेको उहाँको बुझाइ छ । हालसम्म सुदूरपश्चिममा छाउपडीको समस्याले नौजना भन्दा बढी महिलाले ज्यान गुमाउनु परेको तथ्याङ्क महिला तथा बालबालिका कार्यालयसँग रहेको छ ।

समाजमा जरो गाडेको छाउपडी प्रथा निर्मूलका निम्ति खर्चिएका करोडौँ, अरबौँ रकम कहाँ खर्च गरिएका छन्, केलाउने समय आएको जिल्लाका जानकार बताउँछन् । डोटी जिल्लामा मात्रै यसमा करोडौँ रकम खर्च भइसकेको छ ।

डोटीको सदरमुकामकै ‘सिलगाउँ’ सिलगढीको मुटुमा रहेको छ, त्यहाँ अहिलेसम्म पनि छाउ मान्ने चलन हटेको छैन । स्थानीयवासीका अनुसार जिल्लाका ग्रामीण भेकमा भन्दा त्यो टोलमा छाउ बढी मान्ने गरेको पाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter