ठेलाको व्यापारबाट मासिक डेढ लाख आम्दानी; तरकारीखेती गर्ने युवाको सङ्ख्या बढ्दै

Vegetableम्याग्दी, ७ पुस । सदरमुकाम बेनीको बसपार्कमा ठेलामा फलफूल व्यापार गर्दै आएका दोलखाका देवनारायण दाहालले दैनिक रु पाँच हजार आम्दानी गर्दैआउनुभएको छ ।

आठ वर्षअघि म्याग्दी छिरेका दाहालले यस व्यवसायवाट बेनीमा घडेरी किनी घरसमेत बनाउनुभएको छ । विभिन्न किसिमका मौसमी तथा बेमौसमी फलफूलको व्यापार गर्दै आएका दाहाल अरु उठिनसक्दा फलफूल राखी ठेला धकेल्दै बसपार्कमा आइपुग्नुहुन्छ । “मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।

यस्तै मङ्गलाघाटमा चनाचटपटे र कुखुराको खुट्टा, टाउकोलगायत परिकार बनाएर बेच्दै आएका ६० वर्षीय लालबहादुर पुर्जा ठेलाव्यापारबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ । युवा अवस्था निकै कठिनसँग बिताउनुभएका पुर्जाको अहिलेको अवस्था भने निकै फेरिएको छ ।

सदरमुकामकै एउटा निजी विद्यालयमा मासिक रु चार हजारको जागिर खानुभएका पुर्जा पछिल्लो समय ठेलाव्यापारबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । “दैनिक रु दुई हजार ५०० देखि रु चार हजारसम्म कमाइ हुन्छ,” उहाँले भन्नुभयो । ठेलाव्यापारकै कमाइले उहाँले छोरालाई विदेश पठाउनुभएको छ ।

तरकारीखेती गर्ने युवाको सङ्ख्या बढ्दै

ललितपुर जिल्लामा तरकारीखेती गर्ने युवाको सङ्ख्या क्रमिक रुपमा बढ्दै गइरहेको छ ।

युवा लक्ष्यित कार्यक्रमअन्तर्गत ५० जना युवकलाई जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराउने अनुदानका लागि २११ जनाले निवेदन दिएको कार्यालयले जनाएको छ ।

व्यावसायिक तरकारी खेती गर्न चाहने युवाको सङ्ख्या बढेकाले धेरैको निवेदन परेको कार्यालयका सूचना अधिकारी नरेश घिमिरेले बताउनुभयो ।

कार्यालयले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिदिने उद्देश्यले अनुदान दिन लागेको हो । नगर क्षेत्रमा विभिन्न जिल्लाका युवा भाडामा जग्गा लिएर तरकारी खेती गरिरहेका छन् । उहाँले भन्नुभयो – “बजार सहजताका कारणले पनि ललितपुरमा व्यावसायिक रुपमा तरकारीखेती गर्नेहरु बढिरहेका छन् ।”

तरकारी खेतीमा प्रति किसानले दुईवटा प्लास्टिक घर र थोपा सिँचाइका लागि कार्यालयबाट अनुदान पाउँछन् । कार्यालयले ५० प्रतिशत अनुदान दिने र बाँकी ५० प्रतिशत किसानले बेहोर्नुपर्ने नियम छ । उहाँले भन्नुभयो – “किसानमा आफ्नो पनि लगानी हुँदा खेती मन लगाएर गर्ने हामीले पाएका छौँ ।”

अठारदेखि ५० वर्षसम्मका युवालाई लक्ष्य गरेर यो कार्यक्रम सञ्चालन गरिएको छ । सकेसम्म अघिल्ला वर्ष कार्यालयबाट सहयोग लिएकालाई नदोहो¥याउने नीति लिइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter