होमस्टे पर्यटकका लागि लोकप्रिय बन्दै

Home Stayनवलपरासी, ७ पुस । अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन् । बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका ती होमस्टेमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढ्दै गएको छ ।

पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्यौलीको अमलटारी गाउँलाई पर्यटकको केन्द्रबिन्दु बनाई तीन वर्षअघि होमस्टे सञ्चालनमा आएको हो । यहाँ भारत, अमेरिका, फ्रान्स, स्विडेन, स्विजरल्यान्डलगायत विदेशबाट तथा काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत थुप्रै ठाउँबाट आन्तरिक र बाह्य पर्यटक आउने गरेका होमस्टे सञ्चालक धनमायाँ महतो बताउनुहुन्छ ।

यहाँ २० वटा होमस्टे रहेका छन् । एक पटकमा ४० वटा कोठामा ८० जना पाहुनालाई खान बस्न व्यवस्थापन गर्न सकिन्छ । होमस्टेमा खाना बसाइँबाहेक नारायणी नदीमा डुङ्गामा यात्रा र हात्ती सफारी समेत गर्न मिल्छ । विदेशी तथा आन्तरिक पर्यटकलाई गाउँगाउँसम्म पु¥याउन तथा स्थानीय रहनसहन र कलासंस्कृितमार्फत तान्नका लागि होमस्टे सञ्चालनमा ल्याइएको हो ।

होमस्टे पर्यटकको गन्तव्यस्थलका साथै आम्दानीको मुख्य स्रोत समेत बनेको छ । होमस्टेबाट यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको अग्यौली मध्यवर्ती होमस्टेका सञ्चालक महतोले बताउनुभयो । थारु र बोटे समुदायको परम्परागत कला र संस्कृति झल्कने घरमा होमस्टे सञ्चालन गरिएको छ । नृत्य तथा गायनले होमस्टे लोकप्रिय बन्दै गएको अध्यक्ष प्रेमशङ्कर मर्दनियाँ थारु बताउनुहुन्छ ।

यहाँ आउने पर्यटकलाई प्रत्येक घरमा आलोपालो गरेर राख्ने व्यवस्था मिलाइएको छ । होमस्टेमा पाहुनाका लागि रोजाइअनुसारको चिचर, माछा, घोगीँ, कुखुरा, हाँसको मासु, छोयलालगायत परिकार बनाइन्छ । यहाँ आम्दानी भएको रकम एकमुष्ट समितिमा जम्मा गर्ने र आम्दानीलाई विभाजन गरेर ९० प्रतिशत रकम होमस्टे सञ्चालकलाई दिइने गरिन्छ । “दश प्रतिशत रकम विकास निर्माण र समाजसेवामा खर्च गरिन्छ,” होमस्टे व्यवस्थापक धनीराम चौधरीले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter