• Thursday, May 01, 2025

ऊर्जा क्षेत्रलाई मौलिक अधिकारका रुपमा राख्न आग्रह

solar-wind energyकाठमाडौँ, ७ पुस । मानवअधिकार तथा शान्ति समाजले संविधानको मर्मअनुसार ऊर्जा क्षेत्रसँगको पहुँचलाई नागरिकको मौलिक अधिकारका रुपमा राख्न र त्यसका लागि आवश्यक पहल गर्न ऊर्जा मन्त्रीसँग आग्रह गरेको छ ।

समाजको प्रतिनिधिमण्डलले आज ऊर्जामन्त्री जनार्दन शर्मालाई एक ज्ञापनपत्र बुझाउँदै ऊर्जा क्षेत्रमा पछिल्लो दिनमा भएका सुधार तथा विद्युत्भार कटौती अन्त्य गरेकोमा बधाई दिँदै ऊर्जा क्षेत्रलाई संविधानको भावनाअनुसार मौलिक हकअन्तर्गत राखेर सोहि अनुरुप व्यवहार गर्न आग्रह गरेको हो ।

नेपालको संविधानले ऊर्जा क्षेत्रलाई मौलिक हकमा नराखे पनि नागरिकको जीवनसँग जोडिएका विषय मौलिक अधिकार नै भएको समाजको ठहर छ ।

ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री शर्माले नागरिकको अपेक्षाअनुसार सरकारले काठमाडौँ उपत्यकामा विद्युत्भार कटौतीमुक्त गरेको र आम नागरिकको सहयोग पाएको खण्डमा मुलुकभर नै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।

मानवअधिकारका क्षेत्रमा क्रियाशील शान्ति समाजले नागरिक सचेतनाका लागि सरकारलाई सहयोग गर्न र ऊर्जा क्षेत्रको विकासका लागि वातावरण तयार पार्नसमेत उहाँले आग्रह गर्नुभयो ।

यस्तै समाजले आजै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई समेत १० बुँदे ज्ञापनपत्र बुझाउँदै २० वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको छ ।

मुलुकमा पछिल्लो दिनमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि संवाद र सहमति नै उपयुक्त माध्यम भएको समाजले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले स्थानीय निकायको निर्वाचनका लागि सरकारले आवश्यक प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै निर्वाचनको वातावरण बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter