भारतबाट आयात भएको विद्युत् सोझै काठमाडौँमा हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन सञ्चालनमा

Electricityरमेश लम्साल / काठमाडौँ, १८ पुस । भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको हेटाँैडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ ।

हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने भएको छ ।

आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइन मङ्गलबार चार्ज गरिने जानकारी दिनुभयो ।

विसं २०६८ बाट सुरु भएको सो प्रसारण लाइन मुनि पर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । विसं २०४३ सालमा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारण लाइनले दायाँ बायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो ।

मकवानपुरको चौकीटोल, काठमाडौँको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारण लाइन विस्तारमा समस्या पर्दै आएको थियो । काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तार कार्य रोकिएको थियो ।

‘‘मङ्गलबार हामी प्रसारण लाइन चार्ज गर्दै छौँ, अब भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने विश्वास लिएका छौँ” – आयोजना प्रमुख सिल्वालले भन्नुभयो ।

प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको आयोजना प्रमुख सिल्वालको भनाइ छ ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारण लाइन सहयोगी हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । तर मातातीर्थ–स्यूचाटार प्रसारण लाइनमा भने थप १५ दिनपछिमात्रै चार्ज गरिनेछ ।

प्रसारण लाइनको दायाँ बायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिल्वालले काठमाडौँ उपत्यकामा जारी विद्युत्भार कटौती मुक्त अभियानमा सो प्रसारण लाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उता भारतबाट ल्याइएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण ठानिएको अर्को प्रसारण लाइन खिम्ती ढल्केबर प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख श्याम यादवका अनुसार आगामी एक साताभित्रैमा परीक्षण चार्ज गरिनेछ । ढल्केबर–खिम्ती, लामोसाँघु हुँदै काठमाडौँमा विद्युत् ल्याउने यो अर्को प्रसारण लाइन हो ।

विगत १३ वगर्षदेखि रोकिँदै आएको उक्त प्रसारण लाइन नयाँ सरकार गठन भएलगत्तै युद्धस्तरमा अगाडि बढेको थियो । भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउन समस्या भइरहेको समयमा दुई महत्वपूर्ण प्रसारण लाइनको निर्माण भएपछि सहज वातावरण बनेको प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ ।

यही पुस १७ गते मध्यरात भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएको सन्दर्भमा दुई महत्वपूर्ण प्रसारण लाइनको काम सम्पन्न हुनुले थप सहजता थपेको छ । यस्तै ढल्केबरमा निर्माणको क्रममा रहेको २२० केभी क्षमताको सवस्टेसनको पनि करिब ८० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । हिउँदलाई मध्यनजर गरेर काठमाडौँमा सहज रुपमा विद्युत् भित्र्याउने र विद्युत्भार कटौतीलाई शून्यमा झार्ने सरकारको लक्ष्यले पूर्णता पाउन लागेको प्राधिकरणको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter