कान्तिबाल अस्पतालमा ३४ श्ययाको सघन उपचार कक्ष थप

kanti-children-hospitalकाठमाडौँ, २२ पुस । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ ।

आज अस्पतालको ५५औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले नयाँ आइसियु कक्षको उद्घाटन गर्नुभयो ।

आइसियु कम हुँदा देशका विभिन्न ठाउँबाट आएका थुप्रै बिरामीले अन्य निजी अस्पतालमा गएर उपचार गराउनुपर्ने बाध्यता थियो । यसअघि अस्पतालमा १८ वटा सघन उपचार कक्ष रहेका थिए भने अहिले ३४ श्यया थप गरी ५२ श्यया पु¥याइएको हो । अब अस्पतालमा नवजात शिशु राख्नका लागि २५ वटा श्यया, २८ दिनदेखि १४ वर्षसम्मका बच्चा राख्नका लागि १० वटा श्यया र शल्यक्रिया पछि राख्नका लागि वटा १० श्यया सघन उपचार कक्षमा छन् र सरुवा रोग लागेका बच्चालाई राख्नका लागि दुई वटा श्यया उपलब्ध हुने भएको छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले अस्पताल सुधारका लागि स–साना कुराले ठूलो फरक पार्ने भएकाले त्यस्ता कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशका जुनसुकै स्थानबाट कान्तिमा उपचारका लागि आउने बालबालिका श्यया नपाएर वा चिकित्सकको समय नपाएर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय लागिपरेको छ । अस्पतालले सुधारका योजनाका लागि आवश्यक कार्यक्रम बनाई पेस गरेमा तुरुन्तै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध छ ।”

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा कृष्ण पौडेल देशका विभिन्न स्थानबाट आकस्मिक कक्ष र बहिरङ्ग कक्षमा गरी झन्डै ७०० बिरामी बच्चा लिएर अभिभावक आउने गरेको बताउनुुहुन्छ । तीमध्ये १० प्रतिशत अर्थात् ७० जनालाई सघन उपचार कक्षको आवश्यकता पर्ने उहाँको अनुभव छ ।

उहाँका अनुसार सघन उपचार कक्षमा श्यया नपाएर दैनिक १० जना बिरामी अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ । अस्पतालका निर्देशक डा अजित रायमाझीले श्ययाको अभावमा निजी अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सघन उपचार कक्ष थप गरेको बताउनुभयो । सघन उपचार कक्ष विभाग भित्रै फार्मेसी, स्टोर, ल्याब, क्यास काउन्टर र सोधपुछ कक्ष व्यवस्था गरिएको पनि गरिएको छ ।

कान्ति बाल अस्पतालको सेवा विस्तार गर्न सरकारले रु पाँच करोड र जापान सरकारले रु १५ करोड गरी २० करोड सहयोगमा थप ३४ श्ययाको सघन उपचार कक्षको निर्माण गरिएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter