• Friday, May 02, 2025

लप्सीको परिकार अमेरिकासम्म

lapsiपर्वत, २२ पुस । जिल्लामा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ ।

मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटापरिकार अमेरिका पठाउन थालिएको हो । लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जामलगायत परिकार उद्योगले गत वर्षदेखि अमेरिका पठाउन थालेको हो ।

पन्ध्र वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले गत वर्ष लप्सीको विभिन्न परिकार करिब तीन सय किलो अमेरिका पठाएको थियो । यस वर्ष १० मेट्रिक टन लप्सीका परिकारको माग भएको उद्योगका सञ्ंचालक थानेश्वर भुसालले बताउनुभयो ।

अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर गतवर्ष लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका थिए । यस वर्ष उद्योगले ४० टन लप्सी प्रशोधन गर्ने लक्ष्य राखेको छ ।

वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि जिल्लाका विभिन्न गाविसमा यसको व्यवसायिक खेती थर्न थालिएको छ । रासस असी वर्ष पुरानो पुख्र्यौली व्यवसायलाई निरन्तरता

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter