• Wednesday, May 21, 2025

सुदूरपश्चिममा हिमपात, राजमार्ग अवरुद्घ;  हिमपातले कर्णाली क्षेत्रको जनजीवन प्रभावित

 

Snowfallबैतडी, २४ पुस । एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ ।

जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्घ हुँदा गएरातिदेखि गाडी नै चल्न सकेका छैनन् उहाँले भन्नुभयो – “राजमार्गमा डेढफिटसम्म हिउँ परेको खबर आएको छ” केही बेरपछि जेसिवी डोजरले हिउँ पन्छाइ राजमार्ग खुलाइने प्रहरीले बताएको छ ।

राजमार्ग अवरुद्घ हुँदा बैतडीबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडाँै र जिल्ला भित्रिने दर्जनौँ गाडी तथा यात्रु सडकमै अलपत्र परेका छन् ।

यस्तै हिमपातले सुदूरपश्चिमका भीमदत्त राजमार्ग, केआई सिंह राजमार्ग, जयपृथ्वी राजमार्गलगायतका सडकखण्ड अवरुद्घ भएको बताइएको छ ।

वर्षासँगैको हिमपातले अत्यधिक चिसो बढेपछि जनजीवन पनि प्रभावित भएको छ । चिसोले बढीजसो बालबाललिका र वृद्घवृद्घा प्रभावित भएका छन् ।

लामो समयपछि वर्षा भएपछि किसान भने हर्षित भएका छन् । वर्षा नहुँदा हिउँदे बाली सुक्न लागेकामा चिन्तित भएका किसान वर्षापछि हर्षित भएका हुन् ।

हिमपातले कर्णाली क्षेत्रको जनजीवन प्रभावित

यसैगरी, आज बिहानदेखि कर्णाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै प्रभावित बनेको छ ।

शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरुपमा ढाक्दा जुम्लालगायत कर्णाली क्षेत्रभरि निकै चिसो बढेको थियो । जुम्ला सदरमुकाममा रातिबाट हिमपात भए पनि यसको उच्च लेकहरु, हुम्ला, मुगु र डोल्पा जिल्लामा दिउँसो ४ः०० बजेबाट हिउँ पर्न सुरु भएको थियो । ती क्षेत्रमा करिब चारदेखि पाँच फिट हिमपात भएको अनुमान गरिएको छ ।

जुम्ला सदरमुकाममा भने ११ सेन्टिमिटर हिउँ परेको हावापानी फिल्ड कार्यालय, जुम्लाका कार्यालय प्रमुख एपी चौरासियाले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख चौरासियाले भन्नुभयो – “हिजो दिनभरिको चिसोले न्यूनतम तापक्रम माइनस ४.१ डिग्री सेन्टिग्रेड थियो । सुरुमा पानी प¥यो र त्यसपछि मात्र हिमपात भयो । हिमपात हुँदा यहाँबाट बिहानै ५ः०० बजेदेखि छुट्ने लामो तथा छोटो दूरीका गाडी ठप्प भएका छन् । नागरिकलाई ओहोर दोहोर गर्न समस्या भएको छ । यसले गर्दा उनीहरुको दैनिक कार्य पनि प्रभावित बनेको छ ।

चिसोले गर्दा मेसिनरी सामग्री रेडियो, फ्याक्स, फोटोकपी, प्रिन्टर, छापाखाना मेसिनले काम गर्न छोडेका छन् भने धारामा आउने पानी, एलपी ग्यास जम्दा नागरिकको खानपिनमा समस्या भएको छ । अहिले केही समयदेखि हिमपात रोकिए पनि आकास बादलले नै छोपेको छ ।
गएको मङ्सिर ११ गते चोरिएर पुस १९ गते पत्ता लागेका जुम्ला चन्दननाथ मन्दिरका मूर्ति आज ११ः३० बजे सार्वजनिक गर्ने भनिएको तालिका हिमपातका कारण प्रभावित बन्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । प्रजिअ पण्डितका अनुसार चिसोले सरकारी तथा गैरसरकारी निकायको सेवा प्रवाह कठिन बन्ने र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो हुने देखिन्छ । दिउँसो १÷२ बजेबाट आकास खुल्ने र मौसम सफा हुने हावापानी फिल्ड कार्यालय, जुम्लाले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter