• Tuesday, May 20, 2025

खानेपानीबाट दुई लाख ५० हजार उपभोक्ता लाभान्वित

Drinking waterवीरगन्ज, २४ पुस । करिब एक दशकपछि खानेपानीमा सुधार आउँदा वीरगन्जका ६० प्रतिशत बासिन्दाले शुद्ध खानेपानी प्रयोग गर्न थालेका छन् ।

करिब साढे सात हजार ग्राहक रहेको जिल्ला खानेपानी कार्यालय, पर्साले वितरण गर्ने पानीबाट दैनिक दुई लाख ५० हजार उपभोक्ता खानेपानी प्रयोग गरी लाभान्वित हुँदै आएको कार्यालय प्रमुख चन्देश्वर साहले बताउनुभयो ।

वीरगन्ज उपमहानगरपालिका– १ देखि १९ सम्मका उपभोक्तालाई दैनिक ८० लाख लिटर पानी दिने गरेको सो कार्यालयले जनाएको छ ।

पानी प्रयोग गरी लामो समयसम्म रकम नतिर्ने सरकारी कार्यालय तथा उपभोक्तासँग बक्यौता रहेको करिब रु दुई करोड असुल गर्न कार्यालयले धाराको लाइन काट्ने अभियान थालेपछि उपभोक्ताले बक्यौता रकम बुझाउन थालेका छन् ।

बजेटको अभावका कारण लामो समयदेखि जमिनमुनि बिछ्याएको खानेपानीको ९० प्रतिशत पाइप जीर्ण अवस्थामा रहेकाले सोको पूर्णरूपमा मर्मत सम्भार हुन नसक्दा उपभोक्तालाई समस्या पर्न गएको छ ।

एसियाली विकास बैंकले नगर क्षेत्रभित्र नाला निर्माण गर्ने क्रममा खानेपानीको पाइप भत्काउँदा अहिले यातायात क्षेत्र, पदमपुर क्षेत्र ठाकुरराम बहुमुखी क्याम्पस क्षेत्रमा अहिले खानेपानी आपूर्ति नहुँदा त्यस भेगका हजारौँ नगरवासी खानेपानीबाट वञ्चित भएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter