• Friday, May 02, 2025

पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजलाई ऊर्जा मन्त्रीको आग्रह

hydropower projectकाठमाडौँ, २९ पुस । ऊर्जा मन्त्री जनार्दन शर्माले पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न चिनियाँ थ्री गर्जेजका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

ऊर्जा मन्त्रालयमा आज थ्री गर्जेजका प्रतिनिधिसँग कुराकानी गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजना लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको भन्दै निर्माण कार्य सुरु गर्न आग्रह गर्नुभएको हो ।

चिनियाँ थ्री गर्जेजसँग पाँच वर्ष पहिले नै लगानी एवम् निर्माणका सम्बन्धमा प्रारम्भिक समझदारी भए पनि काम अगाडि बढ्न सकेको थिएन । नेपाल भ्रमणमा रहेको कम्पनीका कार्यकारी उपाध्यक्षसहितको आठ सदस्यीय टोलीसँग मन्त्री शर्माले आयोजनाको विषयमा नेपाल सरकार, ऊर्जा मन्त्रालयका तर्फबाट गर्नुपर्ने सबै काम अगाडि बढाउन तयार रहेको भन्दै प्रक्रिया सुरु गरेर सकारात्मक सन्देश दिन ध्यानाकर्षण गराउनुभएको ऊर्जा मन्त्रीका स्वकीय सचिव वसन्त शर्माले जानकारी दिनुभयो ।

कुल ७५० मेगावाट क्षमताको सो आयोजना अस्ट्रेलियन कम्पनी स्मेकले छाडेपछि सरकारले चिनियाँ कम्पनीलाई दिएको थियो ।

थ्री गर्जेजका नेपाल प्रतिनिधि प्रविन श्रेष्ठले अध्ययन एवम् अनुसन्धानको कार्य जारी रहेका कारण केही समय लागेको भए पनि आयोजना सुरु गर्ने तयारीमा नै आफूहरु रहेको बताउनुभयो ।

उहाँले लगानी बोर्ड, नेपाल विद्युत् प्राधिकरणसँग नियमित सम्वादमा आफूहरु रहेको र छिट्टै सकारात्मक परिणाम आउने दाबी गर्नुभयो । प्रसारण लाइन, उत्पादित विद्युत् नेपाल भित्रै खपत गर्नुपर्ने, मुआब्जा, पुनःबास एवम् लगानीको ढाँचाका विषयमा प्रष्ट नभएको भन्दै प्रवद्र्धक थ्री गर्जेजले सो विषयमा प्रष्ट धारणा दिन सरकारसँग आग्रह गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter