१९ औं भूकम्प स्मृति दिवस: पुनःनिर्माणको कामलाई तीब्रता दिन नयाँ सीईओः निधि

DPM-Bimalendra-Nidhi-earthquakeकाठमाडौं, २ माघ । कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले आइतबार १९ औं भूकम्प स्मृति दिवस’का अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताए ।

उनले भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औँल्याए । कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउँदा भवन निर्माण आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

उनले सबै स्थानीय तहमा सरकारले भवन आचारसंहिता लागू गरेको जानकारी गराउँदै आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनतकुमार थापाले आफूहरुले निजी घरसँगै सरकारी घरलाई पनि भवन निर्माण आचारसंहिताको दायरमा ल्याएको बताए ।

आइतबार देशभरि नै ‘भूकम्पपीडितको सुरक्षाको आधार, भुइँचालो थाम्ने घर र पूर्वाधार’ भन्ने नाराका साथ १९औँ भूकम्प स्मृति दिवस मनाइँदै छ । सरकारले विसं १९९० माघ २ गते महाभूकम्प गएको सम्झनामा केही वर्षयतादेखि भूकम्प स्मृति दिवस मनाउँदै आएको छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya