• Saturday, May 03, 2025

विमानस्थल अोर्लिएलगत्तै प्रचण्डले भने-निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ

PM Prachanda arrivalकाठमाडौँ, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।

संयुक्त अरब इमिरेटस(युएइ)को चार दिने भ्रमणबाट मंगलबार स्वदेश फर्केका प्रचण्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका हुन् ।

“भ्रमणमा जानु अगाडि पनि मैले निर्वाचन आयोगसँग छलफल गरेको थिए । आयोगका पदाधिकारीले माघको दोस्रो साताभित्र आवश्यक ऐन, नियम कानुन उपलब्ध गराउन आग्रह गर्नुभएको छ । सरकार सबै पक्षको सहमति जुटाएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेको छ । मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै सरकारले निर्वाचनको मिति तय गर्दछ” उनले भने ।

प्रधानमन्त्रीले राजनीतिक सहमति पहिलो विषय भएकाले सरकार सोही दिशामा केन्द्रित रहेको स्पष्ट पारे ।

युएइको राजधानी अवुधावीमा आयोजना गरिएको विश्व भविश्य ऊर्जा शिखर सम्मेलन, २०१७ मा भाग लिन १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री यही माघ १ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

नेपाल र युएइबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि सरकार प्रमुखको तहबाट भएको हालसम्मै उच्चस्तरीय भ्रमणको रुपमा आफूले लिएको प्रधानमन्त्रीले जानकारी गराए ।

प्रधानमन्त्रीले आफ्ना समकक्षी शेख मोहम्मद विन रसिद अल मोक्तुमसँग आपसीहित, द्विपक्षीय सहयोग एवम् नेपाली कामदारको सुरक्षा र भरपर्दो रोजगारीका विषयमा कुराकानी भएको बताए ।

यही माघ ३ गते सम्मेलनलाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले जैविक एवम् परम्परागत ऊर्जाको स्रोतमा निर्भर रहेको विश्व समुदायले आगामी दिनमा दिगो, भरपर्दो, धान्न सकिने ऊर्जाको सुनिश्चितताका लागि सबै मुलुकले साझा सङ्कल्प गर्नुपर्नेमा जोड दिएका थिए ।

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध नयाँ उचाइमा

प्रधानमन्त्रीले ऊर्जासम्बन्धी उक्त शिखर सम्मेलनको औपचारिक निमन्त्रणाकै सिलसिलामा युएइका समकक्षी र अन्य उच्च पदस्थ राजनेतासँगको भेटघाटले दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

“दुई मुलुकबीच रहँदै आएको मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध थप प्रगाढ बनाउने अवसरको रुपमा मैले भ्रमणलाई केन्द्रित गरे” प्रधानमन्त्रीले भने । २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको द्विपक्षीय सम्बन्ध ४० वर्ष पूरा भएको छ ।

नेपाली युवालाई लामो समयदेखि रोजगारी प्रदान गर्दै आएको युएइको विकासमा नेपालीको ठूलो योगदान रहेको र नेपालीलाई रोजगारी प्रदान गरेर जीवनस्तर सुधार ल्याउनुका साथै विप्रेषणले मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान गरेको प्रधानमन्त्रीको कथन थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter