नेपालमा ६० प्रतिशत व्यक्तिको मृत्यु नसर्ने रोगबाट

Health Ministryकाठमाडौँ, २७ फागुन । केही समय पहिलेसम्म हैजा, औलो, झाडापखालालगायतका सरुवा रोगको महामारी भएको नेपालमा अहिले भने नसर्ने रोगले जरा गाड्दै जान थालेको छ ।

खाना र जीवनशैलीमा आएको परिवर्तनले नसर्ने कडा रोग लाग्ने त्यसैका कारण मृत्यु हुने नेपालीको सङ्ख्यामा दिनदिनै वृद्धि हुँदै गएकाले ग्रामीण तहबाटै नसर्ने रोगको परीक्षण गर्ने तयारी सरकारले थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ६० प्रतिशत व्यक्तिको मृत्यु नसर्ने र ४० प्रतिशतको मृत्यु सरुवा रोगका कारण हुने गरेको छ ।

सरुवा रोगका कारण धेरै मानिसको मृत्यु हुन थालेपछि सरकारले ८२ वर्षअघि नै सरुवा रोग केन्द्रको स्थापना पनि गरिसकेको छ भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसमा काम गरेको छ । तर पछिल्लो समय एकाएक बढेको नसर्ने रोगको नियन्त्रणका लागि भने अझै चुनौति थपिएको छ ।

सरकारले १२ प्रकारका कडा रोग लागेका बिरामीलाई रु एक लाख आर्थिक सहयोग दिँदै आएको छ भने मिर्गौलाको निःशुल्क डायलासिस गरेको छ । वैशाखबाट मिर्गौलाको प्रत्यारोपण पनि निःशुल्क गरिने स्वास्थ्यमन्त्री गगनकुमार थापाको भनाइ छ । १५ वर्षमुनि र ७० वर्षभन्दा माथिका बालबालिका र वृद्धवृद्धालाई मुटुको उपचार निःशुल्क छ भने यसै वर्षदेखि बाथ मुटु रोगीको पनि भल्व शल्यक्रियालगायत फागुन १५ गतेबाट उपचारसमेत निःशुल्क गरिसकेको छ ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषिकुमार काफ्लेले असन्तुलित खाना, जङकफुड सेवन गर्ने, पर्याप्त पानी नपिउने, धुमपान र मद्यपान गर्ने र शारीरिक व्यायाम गर्दै नगर्ने कारण नसर्ने रोगको जोखिम बढाएको बताउनुभयो ।

क्यान्सर, मुटु रोग, उच्च रक्तचाप, मधुमेह, हृदयघात, मिर्गौला फेलजस्ता नसर्ने रोगको परीक्षण र उपचारमा जानका लागि स्वास्थ्य मन्त्रालयले ‘पेन प्याकेज’ कार्यक्रमअन्तर्गत देशभरका एक हजार स्वास्थ्य चौकीबाट यसै वर्षबाट सेवा दिने तयारी गरेको छ ।

स्वास्थ्यमन्त्री थापाका अनुसार त्यसका लागि परीक्षण उपकरण खरिद गर्ने, जनशक्तिलाई तालिम दिने लगायतका काम सुरु भइसकेको छ । यो सेवालाई आगामी वर्ष सबै स्वास्थ्य चौकीमा बिस्तार गर्ने मन्त्रालयको योजना छ ।

काठमाडौँमा १० सहरी हेल्थ प्रमोसन सेन्टर खोल्न नीतिगत निर्णय गरी तयारीका लागि स्थानसमेत टुङ्गो लगाई काम अगाडि बढाइसकेको छ । रोग लाग्न दिनुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उत्तम कार्य भएकाले जीवनशैली स्वास्थ राख्नुपर्ने चिकित्सको सुझाव छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter