केन्याद्वारा नेपाल पाँच विकेटले पराजित

Cricketकाठमाडौँ, २८ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ ।

वर्षाका कारण पटक पटक अवरुद्ध भएको खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथडअनुसार २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य केन्याले ११ बल बाँकी छँदै ५ विकेट गुमाउँदै पूरा ग¥यो ।

वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन बनाउँदा पानीले खेल रोकिएको थियो । डकवर्थ लुइस मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । तर केन्याले २१ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउँदा फेरि पानीले खेल रोकियो ।

केन्याका कप्तान रकिप पटेलले २५औँ ओभरको पहिलो बलमा छक्का हान्दै आफ्नो टिमलाई जित दिलाए । जितसँगै केन्याले दुई अङ्क हासिल गरेको छ ।

यसअघि निर्धारित समयभन्दा करिब साढे दुई घन्टा ढिला मध्याह्न १२ बजेपछि खेल सुरु भएको थियो । नेपालका तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन बनाएका थिए । उनले ३५ बलमा पाँच चौकासमेत हाने । यस्तै दीपेन्द्रसिंह ऐरीले १९, शक्ति गौचनले अविजित १८ तथा सोमपाल कामीले अविजित १५ रन बनाए । यस क्रममा दुवै जनाले दुई÷दुई चौका प्रहार गरेका थिए । सागर पुनले १० रन बनाए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter