• Tuesday, May 20, 2025

पहाडी जिल्लामा होली उत्साहका साथ मनाइँदै; राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा होलीको शुभकामना व्यक्त

Holi Festivalकाठमाडौँ, २८ फागुन । रङहरुको पर्व होली उपत्यका सहित पहाडी जिल्लाहरुमा आज आपसी सद्भाव उत्साह र हर्सोल्लासका साथ मनाईदै छ । असत्यमाथि सत्यको जित भएको दिनको संझनामा होली पर्व मनाउन थालिएको पौराणिक कथन छ । काठमाण्डौको बसन्तपुरमा एक साता अघि विधीपूर्वक चिर ठड्याएपछि होलीपर्वको औपचारिक शुरुवात भएको थियो ।

असत्यमाथि सत्यको जीत भएको सुचकका रुपमा ठड्याइएको चीरलाई आज टुँडीखेलमा विर्सजन गर्ने चलन छ । सत्ययुगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह््लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आाफै भष्म भएको दिनको सम्झनामा आजको दिनलमाई होलिका दहन वा होली भनि नामाकरण गरेको धार्मिक कथन छ ।

होलीका अवसरमा युवा युवतीहरु समूह बनाएर एक आपसमा रंङ लगाई रमाइलो गर्ने गर्छन । पहाडी जिल्लाहरुमा आज मनाइने होली तराईका जिल्लाहरुमा भने भोली मनाउने चलन छ । सरकारले पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोली सार्वजनिक बिदा दिएको छ ।

यसैबीच होलीको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वले सबै नेपालीमा खुसीका रङहरु छर्दै हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले लोकप्रिय र सबैको साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पुर्‍याएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका साझा पहिचान र धरोहरको संरक्षण एवम् संवद्र्धन गर्न अभिप्रेरित गरेको बताउनुभयो । होलीको अवसरमा कंग्रेस सभापति शेर वहादुर देउवाले पनि शुमकामना सन्देश दिनुभएको छ ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताउनुभएको छ ।

फागुपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालले आज एक शुभकामना सन्देश दिँदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् संवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वहरुले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउनेसमेत सन्देशमा उल्लेख गर्नुभएको छ ।

विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरुलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवद्र्धन गर्न पनि अभिप्रेरित गरिएको स्पष्ट पार्दै उहाँले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयका रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गरेको बताउनुभएको छ ।

फागुपुर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र सबै समुदायका नेपालीबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥र्याओस् भन्ने शुभेच्छा पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

यसैबीच होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधी रोक्न बिशेष सुरक्षा नीति बनाई प्रहरी समेत परिचालन गरिएको छ । होलिमा अमर्यादित गतिविधी गर्नेलाई सार्वजनिक मुद्दा लगाउने प्रहरीले बताएको छ । होलीमा हुने सम्भावित उछृङखल गतिविती रोक्नलाई मुख्य मुख्य सडक र भित्री चोकचोकमा सुरक्षाकर्मीको परिचालन गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter