चेपाङ गाउँकी ताराकुमारी तिर्ने सर्तमा मागेर पाल्दैछिन् लालाबाला (आलेख)

Tara Chepangनारायण ढुंगाना / चितवन, २९ फागुन । पखेरामा बनेको सानो झुप्रोको माइती घर । अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ । झिङ्गा भन्किरहेको छ । झिङ्गा आउँछ भनेर हातले नाकमुखमा छोपेकी छिन् ।

दुई बच्चा अर्ध निद्रामा रहेकी उनको दुईतिर बसेर स्तन चुस्दैछन् । सानो बच्चालाई ताराकुमारीले हातमा च्यापेकी छिन् भने अर्को बच्चा त्यहीँ निदाएको छ । सरसफाइको अभावमा रहेको बच्चाको कपडा मैला छन्, अनुहारमा समेत फोहर छ ।

यही फागुन २३ गते सोमबार ताराकुमारीलाई यस्तै अवस्थामा भेटिइन् । यो अवस्थाले नै उनको जीवनको व्यथा कहानी बोलिरहेको छ । तस्बिर खिचेपछि उनको अर्धनिद्रा भङ्ग भयो ।

‘कति वर्षको हुनु भो दिदी रु’ कुरा सुरु गरें । ‘खै के‘था १’ ताराकुमारीले छोटो उत्तर दिइन् । ‘क्या रे बाउ, मो कति भयो रु’ बुबा पट्टि फर्किएर सोधिन् । ‘खै ३०–३५ भो की रु,’ बाहिर भिरालो बारीमा टुक्रुक्क बसेरै बुबाले भने ।

उनको भनाइमा परिवार पाल्ने एक पाटो जमिन छ । यसपालि उब्जनी भएको अन्न सबै सकिइसक्यो ।

‘यो पालिको मकै पोलेर खान पनि पुगेन,’ ताराकुमारीले भनिन्, – एक पाटाको के गर्ने सर, भुराले पोलेर खाइहाल्छ, कति पुगोस् त १ अहिले गाउँमा पर्म ग¥यो, देउ न होई भन्यो, एक–एक पाथी माग्यो, खायो ।’
‘छोराले कमाउँलान् नि त रु’ भन्ने प्रश्नमा तिनले भनिन् – ‘छोराले के कमाउँछ रु त्यही आफ्नो ज्यान पाल्छ । नुन तेल ल्याउँछ, त्यही हो ।’

परिवारमा कसैले पढेका छैनन् । साना बच्चा पनि पढ्ने खालका देखिंँदैनन् । पढाइप्रति चेतना नै छैन । ‘कोहीले नि परेन सर, के गर्ने अब रु’ – तिनले भनिन् ।

उनको घरमा अहिले खानका लागि अन्न छैन । खडेरीका बेला चेपाङ गाउँ सुख्खा छ । ‘एक एक ठाउँमा साहु हुन्छ नि सर १ भोलि हामी काम गरेर तिर्छौं भनेर एक एक पाथी दुई दुई पाथी मागेर खाने,’ ताराकुमारीले भेद खोलिन् ।

मागेर पनि नपाइने अवस्थामा चेपाङहरु जङ्गलमा गिठा र भ्याकुर खोजेर भोक टार्छन् । यति कुरा गरिरहँदा सहयोगीहरुले दिएको कपडा छान्दै बच्चाहरु झगडा गरिरहेका थिए ।

ताराकुमारीका ३ छोरा र ३ छोरी छन् । चार बच्चा चाहिँं पछिल्लो पटकका बर्सेनिका हुन् । यति कुरो चाहिंँ उनलाई थाहा छ । वर्ष कसैको थाहा छैन । न त आफ्नो वर्ष नै थाहा छ न त बिहे गरेको मिति नै । दुईजना छोराअलि ठूला छन् । जेठाको नाम राजु र माइलाको नाम माइलो नै । उनीहरु चितवनको रत्ननगरस्थित पिठुवामा मजदुरी गर्न गएको ताराकुमारीले बताइन् ।

अन्य ४ वटा बर्सेनिका भने उनीसँगै छन् । ‘कान्छाको नाम कान्छैै हो, जेठी सञ्चमायाँ, यो सानी कान्छी, अनि यो कान्छी,’ तिनले औंल्याउँदै भनिन् । छोरा छोरी कति वर्षका भए भन्ने उनलाई हेक्का छैन । श्रीमान्को नाम रामप्रसाद चेपाङ ।
सरकारसँग के माग्नुहुन्छ भन्ने प्रश्नमा तिनले भनिन् – ‘खै हामी पहारको मान्छे केही जान्दैन सुन्दैन ।’ एकछिन छिमेकी लरीमायाँसँग चेपाङ भाषामै खासखुस गरिन् र फेरि भनिन् – ‘सरकारले जस्ता दिया त हुन्थ्यो भन्ने लाग्छ आफ्नो मनले ।’

बिहे कहिले भा’को नि रु
खै त्यै बा–आमाले जान्दा होला ।
तपाईलाई थाहा छैन रु
अँ हँ, ओ बा कति सालमा व्ये ग¥या रे मलाई रु
बूढा खै त रु
बुरा खै तलतिर गा’छ ।
के गर्छन् त रु
पर्म गर्छ, खान्छ, हिँड्छ ।
काम गर्दैनन् रु
एक पाटोमा के काम गर्नु रु
अरु काम रु
खाना नपुग्या बेला कुल्ली गर्छ।

संक्षिप्त कुराकानीमा तिउनले भनिन् । चितवनको विकट पहाडी गाउँ सिद्धि गाविसको वडा नम्बर ९ छेरवाङमा उनको घर छ । चितवनको सदरमुकाम भरतपुरबाट पूर्व पर्छ विकट गाउँ सिद्धि । चेपाङ्गको बसोबास बढी छ । भरतपुरबाट झण्डै ३० किलोमिटरको सवारी यात्रामा शक्तिखोरको दोगरा पुगिन्छ । त्यहाँबाट करिव ३ घण्टाको उकालो चढेर उनको घर पुगिन्छ ।

घर नजिकै माइती भएकाले सोमबार विहानै ताराकुमारी लालाबाला च्यापेर माइत पुगिन् । त्यही बेला उनीसँग भेट भएको हो ।

जन्मिहाल्यो, फाल्नु भएन

बच्चाबच्ची किन यति धेरै जन्माएको त भन्ने प्रश्नमा एकछिन मज्जैले हाँसिन् तिनी । ‘जन्मी हाल्यो के गर्नु त अब, फाल्नु भै’न,’ तिनको सहज जवाफ थियो ।

अब भने बच्चा नजन्माउने उनको अठोट छ । छ बच्चा पाएपछि उनमा बल्ल चेत खुलेको छ । छ जना बच्चा जन्माएपछि परिवार नियोजनको ख्याल आएको ताराकुमारीले बताइन् । ‘अस्तिदेखि क्याप्सुल लगाको,’ उनले भनिन् – ‘अब बन्द भो ।’
शक्तिखोरका दलबहादुर चेपाङ अधिकाँश चेपाङको पीडा यस्तै भएको बताउँछन् । पटक पटक अन्न कपडा दिएर भन्दा सिप र शिक्षा दिनु आवश्यक उनी ठान्छन् ।

यसतर्फ न राज्यले ध्यान दिएको छ न गैरसरकारी संस्थालाई नै चासो छ । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समिर खत्री उनीहरुको अवस्था देखेपछि अब परिवर्तनका लागि अभियान नै चलाउने सोच बनाएको अनुभव सुनाउँछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter