नर्वेली विदेशराज्यमन्त्री राजधानीमा

Nepal and Norwayकाठमाडौँ, ८ चैत । नर्वेका विदेशराज्यमन्त्री टोन स्कोगेन नेपालको तीनदिने औपचारिक भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ ।

नेपालका लागि नर्वेका राजदूत चेल तोरमोड पिटर्सेन तथा परराष्ट्र मन्त्रालयका अधिकारीले उहाँलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उहाँको सम्मानमा आज साँझ राजदूत पिटर्सेनले स्वागत समारोहको आयोजना गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राज्यमन्त्री स्कोगेनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँले परराष्ट्रमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रमपनि रहेको यहाँस्थित नर्वेली राजदूतावासले जनाएको छ ।

नेपालको सामाजिक एवम् आर्थिक विकासको प्रयासमा नेपाल सरकारसँगको साझेदारीका साथै यहाँस्थित राष्ट्रसङ्घीय कार्यालय र त्यसका विशिष्टीकृत संस्थामा नर्वेले लामो समयदेखि सहकार्य गरिहेको सन्दर्भमा राज्यमन्त्री स्कोगेनले राष्ट्रसङ्घीय पदाधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

नर्वेली राजदूतावासकाअनुसार नर्वेको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाको स्थलगत अवलोकनका साथै यहाँस्थित नर्वे, डेनमार्क र फिनल्यान्ड दूतावासले महिलाको आर्थिक एवम् राजनीतिक सशक्तीकरण सम्बन्धमा आयोजना हुने कार्यक्रममापनि उहाँ सहभागी हुनुहुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter