• Thursday, May 01, 2025

रोजगारीका नाममा मानवअङ्ग बेचबिखन !

kidney-diseaseकाठमाडौँ, वैशाख ७ गते । पछिल्लो समय विभिन्न स्वास्थ्य शिविरमार्फत मानवअङ्ग झिक्नका लागि आधार तयार गर्ने गरेको पाइएको छ ।

आज राजधानीमा जनअधिकार संरक्षण मञ्च नेपालले आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचबिखन’ विषयक अन्तक्र्रियामा हालका वैदेशिक रोजगारीको आवरणमा हुने बेचबिखन तथा मानवअङ्ग झिक्न गरिने बेचबिखनका नयाँ स्वरुपका रुपमा देखा परेको जानकारी दिइयो ।

प्रहरी उपरीक्षक किरण बज्राचार्यले आपराधिक गिरोहले गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, निःशुल्क रक्तपरीक्षण गर्ने बहानामा व्यक्तिको विवरण तयार पारी फेरि अर्को समूहमार्फत मिर्गौला बिक्रीका लागि सहमत गराउने गरेको अनुसन्धानले देखाएको बताउनुभयो ।

नेपाल प्रहरीमा आव २०७१÷७२ मा १८१ मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आव २०७२÷७३ मा वृद्धि भई २१८ पुगेको जानकारी दिएको थियो ।

उहाँले काभे्रपलाञ्चोक, नुवाकोट, रामेछाप, मकवानपुरलगायत विभिन्न प्रलोभनमा परी बेचबिखनमा परेको जानकारी दिनुभयो ।

भूकम्प प्रभावित क्षेत्रका मानिस रोजगारीका लागि बाहिर गएकामा महिला बढी जोखिममा परेको भए पनि सोहीअनुसार प्रहरीमा उजुरी नपरेको बज्राचार्यले बताउनुभयो ।

नेपालले ११० मुलुकमा श्रमका लागि जान स्वीकृति दिनसक्ने व्यवस्थाका कारण बेचबिखनका गिरोहले नयाँ नयाँ देशका लागि नयाँ बाटोमार्फत लैजाने गरेको पाइएको छ ।

प्रहरीले दर्ता परेका आधारमा अनुसन्धान गरी अदालतमा मुद्दा चलाउने गरेको भए पनि यसका मुख्य एजेन्ट फेला नपर्दा नियन्त्रण गर्न नसकिएको बताइएको छ ।

यस्तो कसुर गरेमा प्रचलित कानुनबाहेक १० वर्ष कैद र रु २० हजार देखि ५० हजारसम्म जरिमाना, पीडितलाई कसुरदार भएको जरिमानाको ५० प्रतिशत रकम नकट्ने गरी क्षतिपूर्ति र कसुरदारको आर्थिक अवस्था कमजोर भएको खण्डमा अदालतले राज्यको पुनःस्थापना कोषबाट पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने कानुनी प्रावधान रहेको छ ।

जनअधिकार संरक्षण मञ्च नेपालका निर्देशक सतिश शर्माले काभ्रेपलाञ्चोकसहित नौ जिल्लामा गरेको अनुसन्धानअनुसार ३६ जना गाउँलेको मिर्गौला बिक्री भएको बताउनुभयो ।

‘‘धेरै व्यक्तिले आर्थिक अभाव, दुव्र्यसनी, समुन्नत जीवनको चाहना, ललाइफकाइमा परेर, स्वस्थ रहन एउटै मिर्गौला भए पनि हुन्छ भन्ने मानसिकता, फेरि मिर्गौला पलाउँछ भन्ने भ्रम र घरजग्गा पाउने आशामा धेरैले आफ्नो मिर्गौला बेचेको बताएका थिए’’ – उहाँले भन्नुभयो ।

अहिलेसम्म मिर्गौला बेचबिखनका पीडितको यकिन तथ्याङ्क नभए पनि काभे्रपलाञ्चोकमा मात्रै ३०० भन्दा बढी पीडित रहेको अनुमान छ । सिन्धुपाल्चोक, काठमाडौँ, गोरखालगायतका जिल्लामा पनि पीडित रहेको प्रहरीको भनाइ छ ।

शर्माका अनुसार उनीहरूलाई रु तीन लाखदेखि रु पाँच लाखसम्मको लोभ देखाइएको भए पनि रु ५० हजारदेखि रु एक लाखसम्म उपलब्ध गराइएको छ ।

लामो समयदेखि मानव बेचबिखनका विषयमा लेखिरहनुभएका पत्रकार दिनेश रेग्मीले मिर्गौला बेचबिखनमा परेका पीडितहरु धेरैले दिने भनिएको रकम पनि नपाउने र उनीलाई स्वास्थ्य, मानसिक, आर्थिक र समाजबाट अवहेलनाको सामना गर्नुपरेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter