प्रधानमन्त्री तथा संयुक्त राष्ट्र सङ्घ सम्बद्ध विभिन्न विकास सङ्गठनका कार्यकारी प्रमुखहरुबिच भेटवार्ता; निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी

UN-deligation-meets-PM-Pushpa-Kamal-Dahalकाठमाडौँ, वैशाख ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घ सम्बद्ध विभिन्न विकास सङ्गठनका कार्यकारी प्रमुखहरुले संयुक्त रुपमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री र कार्यकारी प्रमुखहरुबीच समसामयिक राजनीतिक परिस्थिति र संयुक्त राष्ट्र सङ्घको संलग्नतामा निर्माणाधीन विकास आयोजनाका बारेमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयनका लागि यही वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनःनिर्माण , नवनिर्माण र आर्थिक समृद्धिका लागि नेपाल सरकार प्रयत्नशील रहेको जानकारी दिँदै त्यसका लागि संयुक्त राष्ट्र सङ्घको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभयो ।

नेपालको शान्ति प्रक्रिया र विकास आयोजनामा संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण सहयोग रहेको भन्दै त्यसका लागि प्रधानमन्त्रीले कार्यकारी प्रमुखलाई धन्यवाद दिनुभयो ।

भेटमा विकास सङ्गठनका कार्यकारी प्रमुखहरुले संयुक्त राष्ट्र सङ्घका विकास सङ्गठनको संलग्नतामा नेपालमा सञ्चालित विकास आयोजनाहरुको प्रगति सकारात्मक रहेको बताउँदै थप लगानीका लागि आफ्नो तर्फबाट पहल हुने जानकारी दिनुभयो ।

भेटमा संयुक्त राष्ट्र सङ्घअन्तर्गत युनिसेफका कार्यकारी प्रमुख वाल्टन अल्फन्सो वेबसन, पानामाका स्थायी प्रतिनिधि लाओरा एलिना हेरेरा, युएइका स्थायी प्रतिनिधि लाना नुस्सेबेह, मोक्सिकोका युएनका राजदूत मार्था बार्सेना, जापानका लागि युएनका राजदूत हिरोशी मिनामी, एरेटियाका स्थायी प्रतिनिधि अमानुएल जिओर्जियो, युनिसेफका बोर्ड सेक्रेटरी निकोलास प्रोन र नेपालका लागि राष्ट्र सङ्घका स्थायी प्रतिनिधि भ्यालरी जुलियन सहभागी हुनुहुन्थ्यो ।

निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी
यसैबिच, निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे संयुक्त राष्ट्रसङ्घसँग आबद्ध नियोगका प्रतिनिधिलाई आज जानकारी गराएको छ ।

आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्रसङ्घीय बालकोष, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, विश्वखाद्य कार्यक्रमलगायतका नियोगमा कार्यरत प्रतिनिधिलाई निर्वाचनको तयारीबारे अवगत गराएको हो ।

नियोगका प्रतिनिधिले मतदाता नामावली सङ्कलन, महिलाको सहभागिता, अपाङ्गता भएकालाई मतदानका लागि गरिने व्यवस्था, महिलाको प्रतिनिधित्व, निर्वाचन परीवेक्षणको व्यवस्थालगायतका विषयमा जिज्ञासा राखेका थिए ।

समाजमा पछि परेका समुदाय र दूरदराजका मतदातालाई निर्वाचन र मतदानमा भाग लिन गर्न लागिएको व्यवस्था तथा समग्र निर्वाचनका तयारीका अवस्थाका बारेमा पनि उनीहरुले जिज्ञासा राखेका थिए ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालम गणतन्त्र, सङ्घीयता र लोकतन्त्र कार्यान्वयनको चरणमामा रहेको अवस्थामा हुन लागेको निर्वाचनपछि जनताले स्थानीय तहमै सरकार प्राप्त गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले राजनीतिक र संवैधानिक हिसाबले निकै ठूलो फड्को मारेको छ, निर्वाचनका लागि अत्यावश्यक आचारसंहिता, आर्थिक र अरु सामग्रीको व्यवस्थापन गरेर निर्वाचनको अन्तिम तयारीमा जुटेको छ, मतपत्र, मतपेटिकाको व्यवस्थापन गर्न पनि हाम्रा लागि निकै ठूलो चुनौती थियो ।”

आयोगका सहसचिव नवराज ढकालले आगामी स्थानीय तहको निर्वाचन सङ्घीयता र संविधान कार्यान्वयनका लागि कोसेढुङ्गा सावित हुनेछ, भन्नुभयो ।

निर्वाचन आयोगले मतदाता र राजनीतिक दल दर्ता, मतदाता शिक्षाका लागि सञ्चालन गरिएको कार्यक्रम, मतदाता, मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या, अपाङ्गता र दृष्टिविहीनलाई मतदानका लागि प्रेरित गर्न गरिएको व्यवस्थालगायत समग्र निर्वाचन तयारीका बारेमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घसँग आबद्ध विकास साझेदार संस्थाका प्रतिनिधिलाई जानकारी गराएको हो ।

नेपालको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले आगामी निर्वाचनका सन्दर्भमा मतदाता शिक्षामा समेत विशेष सहयोग गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter