निजी आवास अनुदान रकम वितरण कार्य सुरु

Reconstruction Womenखोटाङ, जेठ २० गते । खोटाङका भूकम्पपीडितलाई निजी आवास अनुदान रकम वितरण गर्न थालिएको छ ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी आवास तथा भवन पुनःनिर्माणका लागि शुक्रबारदेखि सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबाट अनुदान वितरण सुरु गरिएको हो ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणका लागि उनीहरुलाई पहिलो किस्ताबापत रु ५० हजारका दरले पहिलोपटक अनुदान बाँड्न थालिएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत रविकिरण आचार्यले बताउनुभयो ।

सालपा विकास बैंकको कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रल्हद पोखरेलले ऐसेलुखर्क गाउँपालिका– २ बाकाचोलका भूकम्पपीडित रिमानसिं तामाङलाई चेक हस्तान्तरण गरेर अनुदान रकम वितरणको सुरुवात गर्नुभयो ।

सालपा र सेञ्चुरी कमर्सियल बैंकबाट एक हजार ३५४ लाभग्राहीलाई आवास अनुदान रकम वितरण गरिने जनाएको छ । सालपा विकास बैंकबाट हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क गाउँपालिकाका ५१८ लाभग्राहीलाई आवास अनुदान रकम वितरण हुने बताइएको छ ।

यस्तै, सेञ्चुरी कमर्सियल बैंकबाट केपीलासगढी र लामिडाँडा गाउँपालिकाका ८३६ लाभग्राहीलाई आवास अनुदान रकम वितरण गरिने कार्यक्रम अधिकृत आचार्यले बताउनुभयो ।

उहाँकाअनुसार बैंक अफ काठमाडौँबाट रुपाकोट मझुवागढी नगरपालिकाका लाभग्राहीलाई, राष्ट्रिय वाणिज्य बैंक दिक्तेलबाट साकेला गाउँपालिकाका लाभग्राहीलाई, ज्योति विकास बैंकबाट दिप्रुङ र बराहपोखरी गाउँपालिकाका लाभग्राहीलाई तथा खोटाङबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाका लाभग्राहीलाई आवास अनुदान रकम वितरण गर्ने व्यवस्था मिलाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter