आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान; पर्यटन मन्त्रालयको सहयोगमा पदमार्ग निर्माण सुरु

Moun Everestसोलुखुम्बु, जेठ २० गते । हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ ।सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान देखिएको हो ।
आरोहणको मुख्य मौसम (चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म) यो आधारशिविर हजारौँ आरोहीले भरिएका हुन्छन् ।

अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने कर्मचारी र अन्य एकाध मजदुर मात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिनुभयो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १५ ९मे २९० भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १८ गते ९जुन १० भित्र आधारशिविर खाली गरिसक्नुपर्ने नियम छ । धेरैजसो आरोही जेठको १४ र १५ गते नै फर्किएका थिए ।

‘सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही काम गर्ने, कोही सामान ओसार्ने, कोही हिमाल चढ्न जाने, त्यतीवेला त्यहाँ बसुँबसुँजस्तो लाग्थ्यो, अहिले त सुनसान भइसक्यो’–कार्यक्रम संयोजक राईले भन्नुभयो ।

आधारशिविरको सरसफाइ गरिरहेका कमिटीका सदस्य फर्केपछि सगरमाथा आधारशिविर पूर्णरुपमा सुनसानमा परिणत हुनेछ ।

पर्यटन मन्त्रालयको सहयोगमा पदमार्ग निर्माण सुरु
पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु भएको छ । धौलागिरि अञ्चलको पुरानो प्रवेशद्वारका रुपमा रहेको कार्कीनेटामा आन्तरिक तथा बाह्य पर्यटकलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु १० लाखको सहयोगमा निर्माण हुन लागेको पदमार्गको शुक्रबार फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले शिलान्यास गर्दै स्थानीय अवसर र सम्भावनाको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०४८ मा धौलागिरि क्षेत्रमा सडक सुविधा आएपछि उक्त स्थान ओझेलमा परेको थियो । त्यसअघि पर्वत, बागलुङ र म्याग्दीका बासिन्दाले पोखरा, बुटबल, स्याङ्जा र काठमाडाँैलगायत स्थानमा जानका लागि सोही पदमार्गको प्रयोग गर्दै आएका थिए ।

सोही पदमार्ग हुँदै पैदल वा खच्चरमार्फत सामान आयात हुने गरेको स्थानीयवासीको भनाइ छ । झन्डै दुई किमी लामो उक्त पदमार्ग निर्माणपछि यस क्षेत्रमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीयवासीलाई हिँडडुलका लागि सहज हुने भएको छ । आगामी एक वर्षभित्र उक्त पदमार्ग बनाउने लक्ष्य लिइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter