• Friday, May 02, 2025

स्थानीय शासनलाई जनताको हितमा केन्द्रित गर्न जोड

Federal Statesकाठमाडौँ, जेठ २३ गते । स्थानीय शासनलाई जनताको हित तथा स्थानीय विकासमा केन्द्रित गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पहिलो चरणको स्थानीय तहका जनप्रतिनिधिको क्षमता अभिवृद्धिका लागि विज्ञ तथा सरोकार पक्षको अनुभव र सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयनमा चुनौती रहेको बताए ।

मुख्यसचिव डा सोमलाल सुवेदीले स्थानीय शासनलाई बलियो बनाउन उपलब्ध स्रोत तथा साधनको उपयोग र योजना निर्माणमा स्थानीय जनता लाभान्वित हुने गरी वजेट विनियोजन गर्न सुझाव दिनुभयो ।

स्थानीय विकास मन्त्रलायका सचिव दिनेशकुमार थपलियाले स्थानीय संरचना तथा पूर्वाधार विकासको महत्व रहेको औँल्याउँदै स्थानीय तहको विकास निर्माणमा जनसहभागिता तथा उनीहरुको अधिकार स्थानीय शासनले संरक्षण गर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, प्राध्यापक, विज्ञ लगायतको सहभागिता थियो रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter