• Friday, June 13, 2025

पर्यापर्यटनको विकासका लागि नयाँ मचानको निर्माण

ChitwanPackageचितवन, जेठ २७ गते । पछिल्लो समयमा पर्यटकीय क्षेत्र बन्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित कुमरोजमा पर्यापर्यटनको विकास र संरक्षणका लागि नयाँ मचान (भ्यू टावर)को निर्माण सुरु भएको छ ।
जङ्गलमा बसेर वन्यजन्तु अवलोकन गर्न रुचाउने पर्यटकलाई लक्षित गरेर यहाँ ‘मचान’को निर्माण कार्य थालिएको हो ।

कुमरोजको इचर्नी टप्पुमा निर्माण गर्न लागिएको उक्त मचानको आज चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले शिलान्यास गर्दै यो मचानको निर्माणले पर्यापर्यटनको विकासमा टेवा पुग्ने तथा स्थानीयको आयआर्जनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त मचान निर्माण समितिका संयोजक तथा समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरीराज पाठकले जङ्गलमा गस्ती गर्ने निकुञ्जका कर्मचारी, नेपाली सेना तथा समुदायिक वनका पदाधिकारीका लागि मचान सहयोगी हुने जानकारी दिनुभयो ।

चितवन निकुञ्जबाट रु एक लाख तथा कुमरोज वनबाट रु पाँच लाख गरी कुल रु ६ लाखको लागतमा सो मचान निर्माण गर्न लागिएको हो । रकमको अभाव भएमा यसका लागि पछि लगानी थपिन सकिने अध्यक्ष पाठकले बताउनुभयो । उहाँले निर्माण सम्पन्न भएपछि मचानमा दैनिक आठजना पर्यटक बस्न सकिन्छ भन्नुभयो ।

यसअघि कुमरोज मध्यवर्ती सामुदायिक वनमा एउटा काठे मचान र एउटा कँक्रिटको मचान निर्माण भइसकेका छन् । कुमरोजको पर्यटन ब्लकमा अझै थप एउटा काठे मचान बनाउने योजना रहेको कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिनुभयो ।

कुमरोज मध्येवर्ती सामुदायिक वनमा हुने करिब रु एक करोड आम्दानीमा अधिकांश पर्यापर्यटनबाट आउँछ । मचानमा बस्न मात्रै यहाँ वार्षिक आठ सय बढी पर्यटक आउने गरेको वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो ।

उक्त सामुदायिक वनमा केही महिनाअघिबाट पर्यटकका लागि जिप सफारीको सुरुआत गरिएको छ भने केही वर्षदेखि हात्ती सफारी गरेर पर्यटकले गैँंडा तथा वन्यजन्तु अवलोकन गरी मनोरञ्जन लिँदै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter