• Friday, May 02, 2025

नेपाल–सिक्किम संयुक्त पर्यटन प्रवद्र्धनमा जोड

NTBग्याङटोक (भारत), जेठ ३१ गते । नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा मङ्गलबार सिक्किमको ग्याङ्टोकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाल र सिक्किमको संयुक्त पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।

अन्तक्र्रियामा सिक्किम तथा नेपालका वक्ताले उत्तरपूर्वी भारतका सिलगुडी, डुबर्स र सिक्किमलाई समेटेर पोखरासहित नेपालको संयुक्त पर्यटन प्रवद्र्धनका लागि साझेदारी गर्न जोड दिएका छन् ।

ट्राभल्स एजेन्ट्स एसोसिएसन अफ सिक्किम(टास)का पूर्व अध्यक्ष सतिश बर्देवाले पोखरासहित नेपालसँग एकापसमा भगिनी सम्बन्ध कायम गर्दै अगाडी बढ्न आफूहरू तयार भएको बताउनुभयो । भाषा र भूगोलले पनि सिक्किमी र नेपाली पर्यटन व्यवसायीलाई सँगसँगै काम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सिक्किम योङ्गेस्ट टुर्स एन्ड ट्राभल्सका सञ्चालक गणेश सिवाकोटीले आतिथ्यता, सत्कार, सरसफाई जस्ता व्यवहारले प्रत्यक्ष पर्यटनमा प्रभाव पार्ने बताउँदै एक पटक पुगेको पर्यटक पुनः फर्केर आउने किसिमको पर्यटकमैत्री आचरण आवश्यक भएको उल्लेख गर्नुभयो ।

पोखरासहित नेपालसँग पर्यटनमा सँगसँगै सहकार्य गर्ने धेरै सम्भावना रहेको र सहकार्यले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

शिखा टुर एन्ड ट्राभल्स, सिलगुडीका निर्देशक सुवरात दत्तले सिक्किमको भौगोलिक अवस्था, वेषभूषा र संस्कृति नेपालसँग मिल्दो रहेकाले पर्यटन प्रवद्र्धनले दुवै पक्षलाई फाइदा पुग्ने धारणा राख्नुभयो ।

नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले पछिल्ला समयमा सिक्किममा बढ्दो पर्यटकीय आकर्षण नेपालका लागि अनुकरणीय भएको बताउनुभयो । “पर्यटनको साझेदारीका लागि दुवै पक्ष सहमत रहनुले आगामी दिनमा यसको प्रभावकारिता बढेर जान्छ,” – उहाँले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले प्रवद्र्धनात्मक भ्रमण कार्यक्रमले एकापसको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “सिक्किम र नेपालका पर्यटन सम्बद्ध संस्थाबीचको सहकार्यले व्यावसायिक दक्षता अभिवृद्धि थप प्रभावकारी बन्छ,” – उहाँले भन्नुभयो, “सिक्किमले धार्मिक पर्यटनका माध्यमबाट गरेको विकासलाई दृष्टिगत गरी धार्मिक पर्यटकीय पूर्वाधार विकासलाई नेपाल सरकारले पनि प्राथमिकता दिनुपर्छ ।”

उहाँले सिक्किम र पोखराको संयुक्त प्रवद्र्धनका लागि ट्राभल्स एजेन्ट्स एसोसिएसन अफ सिक्किम(टास) र पोखरा पर्यटन परिषद्बीच पर्यटनमा साझेदारीका लागि चाँडै नै समझदारी पत्रमा हस्ताक्षर गरिने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले सिक्किमको पछिल्लो समयको विकास नेपालका लागि अनुकरणीय भएको बताउँदै यहाँका राम्रा पक्षलाई अनुशरण गर्दै जानुपर्नेमा जोडदिनुुभयो । सिक्किम र नेपालका पर्यटन व्यवसायीको व्यावसायिक एकता र सहकार्य अघि बढाउन सके त्यसले समग्र पर्यटनको विकासलाई अघि बढाउने उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter