कोरला नाकामा व्यापार मेला; हुम्लाका किसान खुुसी

Nepal China flagमुस्ताङ, असार १ गते । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा बर्सेनि आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ ।

मेला प्रवेशका लागि यस वर्ष सीमा क्षेत्रका नेपालीलाई परिचयपत्र अनिवार्य गरिएको छ । दश दिनसम्म सञ्चालन हुने सो मेलाका लागि चिनियाँ र नेपाली व्यापारी सीमा क्षेत्रमा पुगिसकेका छन् ।

गत वर्षसम्म परिचयपत्र बिना सीमा क्षेत्रका व्यापारीलाई चिनियाँ पक्षले सहजै प्रवेश दिएको थियो । मेला सञ्चालनका लागि ढुङवासेन काउन्टीमा चिनियाँ सुरक्षा अधिकारी र नेपालका तर्फबाट इलाका प्रशासन कार्यालय छोसेर, सीमा प्रहरी चौकी लोमान्थाङका सुरक्षा अधिकारीबीच छलफल भएको थियो । सो छलफलमा लोमान्थाङ गाउँपालिकाका प्रमुख सुवर्णकुमार विष्ट र दालोमे गाउँपालिका प्रमुख लोप्साङ छोम्फेल गुरुङ(राजु)को सहभागिता रहेको थियो ।

उक्त बैठकमा चिनियाँ पक्षले सुरक्षालाई पहिलो प्राथमिकता दिएर परिचयपत्र बिना प्रवेश दिन नसक्ने बताएको थियो । सोहीबमोजिम दुई गाउँपालिकाका बासिन्दाका लागि इलाका प्रशासन कार्यालयले अस्याथी परिचयपत्र जारी गरेको छ ।

इलाका प्रशासन कार्यालयका प्रमुख जीतेन्द्र बलामीका अनुसार वर्षको दुईपटक आयोजना हुने सो अन्तरदेशीय व्यापार मेलाबाट सीमा क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तु आयातदेखि विभिन्न किसिमका जडीबुटी निर्यात गर्छन् । गत वर्ष २५ दिनसम्म व्यापार मेलाका नाका खुलाइएको थियो ।

व्यापार मेला हुने भएपछि अहिले कोरला नाकास्थित नेचुङ भन्सार कार्यालय सञ्चालनमा आएको छ । मेलामा निर्यातभन्दा आयात नै बढी हुने गरेको लोमान्थाङ गाउँपालिका प्रमुख विष्टले बताउनुभयो ।

हुम्लाका किसान खुुसी
यस वर्ष जिल्लामा जौ, गहुुँ र उवा राम्रो फल्ने भएपछि हुुम्ली किसान खुसी भएका छन् । तीन वर्ष लगातार खडेरीको कारण यो बाली नसप्रेको र यस वर्ष बेलाबेलामा पानी पर्दा बाली सपे्रकाले किसान खुुसी भएका हुुन् ।

गत वर्ष १० रोपनी जग्गामा यो बाली लगाएर बीउ पनि नआएको सिमकोट गाउँपालिका वडा नम्बर ३ की ठाचुुङ लामाले बताउनुभयो । यस वर्ष पनि राम्रो नहोला कि भन्ने डरले आठ रोपनीमा मात्रै जौ, गहुुँ र उवा लगाउनुुभएकी लामालाई यतिखेर भने सबै जग्गामा नलगाएकोमा पश्चाताप भएको छ । बाली निक्कै राम्रो छ, अब त पाक्ने बेला पनि भयो, उहाँले भन्नुुभयो ।

सिमकोट गाउँपालिका वडा नम्बर ८ का नवराज शाहीलाइ पनि गत तीन वर्षमा जेठासी बाली राम्रो नहुुँदा यसपालि कम जग्गामा बाली लगाएकोमा पश्चाताप भएको छ । यस पालि तीन रोपनीमा उहाँले जौ, गहुुँ र उवा बाली लगाएको बताउनुुभयो ।
खार्पुनाथ गााउँपालिका वडा नम्बर १ पिउसका टक्कबहादुुर शाहीले पनि यस वर्षको बाली राम्रो रहेको बताउँदै गत वर्षको क्षतिपूर्ति हुने आँकलन गर्नुभयो । उहाँले ११ रोपनी जग्गामा जौ, गहुुँ र उवा
लगाउनुभएको छ ।

पौष्टिक आहारका लागि निक्कै उपयोगी मानिने जौ, गहुुँ र उवा राम्रो हुुनुुमा बीउ छर्ने बेलादेखि टिप्ने समयसम्म बेलाबेलामा पानी परेकाले भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक भीमबहादुुर केसीले बताउनुुभयो । उहाँले गत आर्थिक वर्षमा एक हजार २५ हेक्टर जग्गामा गहुुँ लगाइएकोमा ९६८ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३.२७ प्रतिशतले उत्पादन वृद्धि हुुुने प्रारम्भिक अनुुमान कार्यालयले गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै, जौ ६८५ हेक्टरमा खेती गाइएकोमा ६९८ मेट्रिक टन उत्पादन भएको र यस वर्ष ३.२६ प्रतिशतले र उवा ६६७ हेक्टरमा लगाएकोमा ६३४ मेट्रिक टन उत्पादन भएको र यस वर्ष भने ०.१६ प्रतिशतले वृृद्धि हुुने उहाँले बताउनुुभयो ।

व्यापार मेला हुने भएपछि अहिले कोरला नाकास्थित नेचुङ भन्सार कार्यालय सञ्चालनमा आएको छ । मेलामा निर्यातभन्दा आयात नै बढी हुने गरेको लोमान्थाङ गाउँपालिका प्रमुख विष्टले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter