दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता दुईदिन पछि; प्रदेश नं. २ को निर्वाचन २ असोजमा गर्ने मन्त्रिपरिषद्को निर्णय

Electionलक्की चौधरी / काठमाडौँं, असार १ गते । असार १४ गतेका लागि तोकिएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता दुईदिन पछि सारिएको छ । यसअघि असार २ गतेका लागि तोकिएको मनोनयन दर्ता अब असार ४ गते हुने भएको छ ।

सिंहदरवारमा विहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफल पछि बसेको मन्त्रिपरिषदको बैठकले नयाँ समय अनुमोदन गरेको हो । त्यस्तै, प्रदेश नं. २ को निर्वाचन आगामी असोज २ गते गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । राष्ट्रिय जनता पार्टी(राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउने उद्देश्यकासाथ सो मिति सारिएको सरकारले बताएको छ ।

तर असोज २ गतेको मितिमा निर्वाचन आयोगले अझै सहमति जनाइसकेको छैन । मन्त्रिपरिषद†को बैठकले त्यस निर्णय गरेपछि अब आयोगलाई निर्वाचन सार्ने विषयको व्यहोरापत्र सरकारको तर्फबाट पठाउने शिक्षा मन्त्री गोपालमान श्रेष्ठले बताउनुभयो । आयोगका पदाधिकारीहरुसँगको छलफलमै नयाँ मिति तय भएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मनोनयन दर्ता दुई दिनपछि सार्ने सरकारको प्रस्तावमा आयोग सहमति जनाए पनि प्रदेश नं २ को मिति असोज २ गते सार्ने विषयमा अझै सहमति नजनाएको बताउनुभयो ।

सत्तापक्षी दलका नेताहरुसँग छलफलपछि बाहिरिनेक्रममा पत्रकारसँग कुरागर्दै उहाँले भन्नुभयो, “निर्वाचन आयोगले अझै प्रदेश नं. २ मा सहमति जनाइसकेका छैन, सरकारको औपचारिक आग्रह आएपछि त्यसमा छलफल गर्नेछौं ।” तर मनोनयन दर्ता दुईदिन पछि सार्ने विषयमा आयोग सकारात्मक रहेको उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद†को बैठकअघि प्रधानमन्त्रीले गृहमन्त्रीसहित राजपाका नेता केशव झा, निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग प्रदेश नं. २ को निर्वाचन सार्ने र असार २ गतेको मनोनयन दर्ता समय दुई दिनपछि सार्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो ।
लगत्तै बसेको मन्त्रिपरिषद†को बैठकले छलफलकै आधारमा दुईवटा विषयमा निर्णय गरेको शिक्षामन्त्री गोपालमान श्रेष्ठले जानकारी गराउनुभयो । मनोनयन दर्ता दुईदिन पछि सार्ने र प्रदेश नं २ को मिति तीन महिना पछि अर्थात असोज २ गते सार्ने निर्णय भएको मन्त्री श्रेष्ठले बताउनुभयो । त्यसो किन गरिएको भन्ने पत्रकारको जिज्ञासामा मन्त्री श्रेष्ठले भन्नुभयो, “मधेसमा आगो नबलोस्, सबै निर्वाचनमा सहभागी होउन भनेर सो निर्णय सरकारले गरेको हो ।”

मिति सारेपछि राजपाले निर्वाचनमा भाग लिने सुनिश्चित्ता भयो त ? भन्ने अर्को जिज्ञासामा मन्त्री श्रेष्ठले भन्नुभयो, “निर्वाचनमा आउँछु भनेर प्रतिवद्धता आएपछि नै हामीले मिति सारेका हौं, उहाँहरुले समय माग गरेकाले हामीले समय दिने निर्णय ग¥यौं ।”

नेपाली कांँग्रेस नेता विमलेन्द्र निधिले आयोगका पदाधिकारी र सरकारबीच भएको सहमतिको आधारमा प्रदेश न.ं २ को मिति सारिएको बताउनुभयो । सबैलाई निर्वाचनमा सहभागी गराउने उद्देश्यले पछिल्लो निर्णय गर्नुपरेको उहाँले जानकारी गराउनुभयो ।

यसअघि वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको करिब सबै मत परिणाम आएसके पछि दोस्रो चरणको निर्वाचन असार १४ गते हुन गइरहेको छ । मधेसी दलका नेताहरुको निर्वाचनमा सहभागीता गराउन सरकारले पुनः तेस्रो चरणको मिति असोज २ गतेका लागि सार्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरु, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसहित अन्य पदाधिकारीहरु, राजपाका नेता केशव झा समेतको सहभागिता रहेको थियो ।

प्रदेश नं. २ को निर्वाचन २ असोजमा गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले प्रदेश नम्बर २ को निर्वाचन सार्ने औपचारिक निर्णय गरेको छ । भरखरै सकिएको मन्त्रिपरिषद् बैठकले प्रदेश नं. २ को निर्वाचन आगामी २ असोजमा गर्ने निर्णय गरेको हो ।

प्रदेश नं. १, ५ र ७ को निर्वाचन भने पूर्वनिर्धारित मिति १४ असारमै गर्ने निर्णय भएको छ । तर, सो निर्वाचनअन्तर्गत भोलिका लागि तय गरिएको मनोनयन दर्ताको मिति ४ गतेलाई सारिने भएको छ । सरकारले यससम्बन्धी निर्णय गरेर निर्वाचन आयोगलाई निर्वाचन कार्यक्रम परिवर्तन गर्न आग्रह गरेको छ ।

मन्त्रिपरिषद्बाट निर्वाचन सार्ने निर्णय भएसँगै आन्दोलनरत राजपा नेपाललाई निर्वाचनमा सहभागी हुन बाटो खुलेको छ । यसअघि आजै बिहान बसेको सत्तापक्ष र राजपा नेपालका शीर्ष नेताको बैठकमा सरकारले २ नम्बर प्रदेशको निर्वाचन असोजका लागि सारे निर्वाचनमा सहभागी हुने धारणा राजपाका नेताले राखेका थिए । राजपाले आजै आफ्ना आन्दोलन कार्यक्रम फिर्ता लिएको घोषणा गर्ने सहमति सरकारसँग भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter