नयाँ जात भित्रिएपछि पुनः केराखेतीमा

Banana Storyबाग्लुङ, असार ४ गते । स्थानीय जातका केरामा फैलिएको रोग र कीराको प्रकोप नियन्त्रणमा नआउँदा केरा खेती नै छोड्न बाध्य बनेका यहाँका किसान नयाँ जात भेटेपछि पुनः व्यावसायिक खेतीतर्फ फर्किएका छन् । बाग्लुङको जैमिनी नगरपालिका क्षेत्रमा गरिँदै आएका स्थानीय जातका मुङ्ग्रे, ढुस्रे, फुस्रे, घिउकेरालगायतका जातमा रोग र कीराको प्रकोप नियन्त्रणमा नआएपछि केही वर्षदेखि किसानले केराखेती गर्न छोडेका थिए । स्थानीय किसान प्रेम चापागार्इंका अनुसार स्थानीय जातका केरा लगभग लोप नै हुने अवस्थामा पुगेका छन् ।

जैमिनीको मुख्य बजार कुश्मीसेरा र आसपासका क्षेत्रमा यातायातका साधन सहज रूपमा पुगेपछि केराले राम्रो बजार पाएको चापागार्इंले बताउनुभयो । रोगको प्रकोप र उत्पादन सोचेजस्तो नभएपछि विस्थापित बनेका किसान नयाँ जातको केरा भित्रिएपछि पुनः व्यावसायिक रूपमै लागेको चापागाईंको भनाइ छ । जैमिनी क्षेत्रका खेतीयोग्य जमिनमा पनि नयाँ जातको केराको व्यावसायिक खेती भइरहेको छ ।

प्राविधिकको सरसल्लाहअनुसार लामो समयसम्म टिक्ने, रोगले आक्रमण नगर्ने, खान मिठो हुने र बढी मूल्यमा बिक्री हुने जातका केराको खेती गर्न थालिएको स्थानीय किसानले बताएका छन् । अहिले नयाँ जातको केराबाट मनग्य आम्दानी गर्न सफल भएको किसान चापागार्इंले बताउनुभयो ।

जैमिनी नगरपालिका वडा नं. १ मा मात्र २० भन्दा बढी किसानले व्यावसायिक रूपमा केराखेती गर्दै आइरहेका छन् । नयाँ जातको खोजी गर्दै जाँदा चितवनमा राम्रो केरा भेटिएपछि त्यही केरालाई बाग्लुङमा ल्याएर खेती सुरु गरिएको चापागाईंले बताउनुभयो । उक्त केराको स्थानीय जैमनी नाम राखेका छन् । चितवनबाट ल्याउँदा केराको नाम भनेनन्, बाग्लुङमा ल्याएपछि राम्रो भएपछि जैमनी नाम राखेरै व्यावसायिक रूपमा खेती गरिरहेका छौँ, एक किसानले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter