अमेरिकी हिमाल आरोहणका क्रममा सञ्जय पण्डितको निधन

Sanjayaकाठमाडौं , ४ असार । अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको अमेरिकामा निधन भएको छ । पण्डितको अलास्का राज्यको डेनाली नेशनल पार्कस्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भएको हो ।

हाई अल्टिच्युडका कारण शुक्रबार निधन भएको अमेरिकास्थित नेपाली दूताबास स्रोतले जनाएको छ । डेनालीको उचार्रइ २० हजार १५६ फिट अर्थात ६ हजार १४४ मिटर छ । पण्डितको १६ तारिख विहानै १७ हजार २०० फिट उचाईमा निधन भएको हो ।

मौसम खराब भएका कारण उनको शव ल्याउन कठिनाई भइरहेको बताइएको छ ।

को हुन् सञ्जय ?

पण्डितले २००९ बाट शाहसिक करियर सुरु गरेका थिए । उनले प्युठानको स्वर्गद्धारीबाट काठमाडौंको दुरी ४७ घन्टा २० मिनेटमा पार गरेका थिए । त्यसपछि उनले थुप्रै अल्टा दौड पुरा गरे ।

उनले खासादेखि काठमाडौं तथा गोरखादेखि काठमाडौंसम्म पनि दौड पुरा गरेका थिए ।

त्यसपछि उनको हिमाल आरोहण सुरु भयो । विश्वको सर्बोच्च शिखर सगरमाथा दुई पटक सफल आरोहण गरेका सन्जयले त्यसपछि भने सेभेन समिट अर्थात सातै महादेशका सर्वोच्च शिखर चढने निर्णय लिएका थिए । त्यसपछि उनले अफ्रिकाको छानोका रुपमा चिनिएको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कीर्तिमान कायम गरे । लगत्तै सन्जयले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नयाँ कीर्तिमान कायम गरेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter