• Saturday, May 03, 2025

३५ जिल्लाका ३३४ स्थानीय तहका लागि उम्मेदवारी दर्ता

Election Commissionस्थानीय तहको दोस्रो चरण निर्वाचनअन्तर्गत आगामी १४ असारमा हुने मतदानका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले अाज उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनका आयोगको कार्यतालिकाअनुसार बिहान ८ देखि उम्मेदवारी दर्ता सुरु भएकाे थियाे । उम्मेदवारी दर्ताकाे लागि अपराह्न चार बजेसम्मकाे समय तय गरिएकाे थियाे ।

दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि १४ असारमा मतदान हुँदैछ । ती स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् । राजनीतिक दलहरुले ठूलाे उत्साहका साथ उम्मेदवारी दर्ता गराएका छन्। । उम्मेदवारी दर्ता गर्न दलहरु बाजागाजासहित जिल्ला निर्वाचनकाे कार्यालयमा पुगेका थिए ।

३५ जिल्लाका एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुन लागेकाे हाे । निर्वाचनमा ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिनेछन् । मतदाता शिक्षाका लागि आयोगले दोस्रो चरणको निर्वाचनमा हरेक मतदान केन्द्रमा कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब ८ हजार ३ सय ५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरेको बताएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter