बिचौलियाका कारण किसान मारमा

Vegetable farmingधादिङ, असार ६ गते । उपभोक्ताले तिरेको मूल्यको ५० प्रतिशतमात्र तरकारी उत्पादक किसानले पाउन सके यहाँका किसानको आम्दानी तीन गुणाले बढ्ने एक सर्वेक्षणले देखाएको छ ।

तरकारी उत्पादक किसान, खुद्रा तरकारी विक्रेता र उपभोक्ताबीच गरिएको एक सर्भेक्षणअनुसार उपभोक्ताले तिरेको मूल्यको झन्डै तीनगुणा कम मूल्य तरकारी उत्पादक किसानले पाउने गरेका छन् ।

बजारमा उपभोक्ताले प्रतिकिलो रु ८० मा किन्ने गरेको तरकारीको मूल्य किसानले मुस्किलले प्रतिकिलो रु २० देखि रु २५ सम्म पाउने गरेका छन् । दुःख गरी तरकारीखेती गर्ने किसानको भन्दा तरकारीलाई उपभोक्तामाझ बिक्रीका लागि लैजाने बिचौलियाले अत्यधिक मुनाफा कमाउने गरेका छन् ।

बिचौलियाका कारण तरकारी उत्पादक किसान र उपभोक्ता दुवै ठगिने गरेका छन् । धादिङबेँसीमा नियमित रुपमा तरकारी व्यापार गर्दै आएकी गङ्गा लम्साल बिचौलियाका कारण तरकारी उत्पादक किसानले मुनाफा कमाउनु त परै जाओस् तरकारीखेतीमा गरेको लगानीसमेत उठ्न मुस्किल हुने गरेको बताउनुहुन्छ ।

“वर्षभरि उत्पादन ग¥यो, बजार भाउ छैन, बीउको मूल्य उठ्न पनि धौधौ हुन्छ, आफ्नो परिश्रम त परै जाओस्,” उहाँले भन्नुभयो ।

त्यस्तै धादिङबेँसीमा नियमित रुपमा तरकारी व्यापारका लागि आउने नलाङका हरि सिलवाल भन्नुहुन्छ – “बिहान तीन बजे नै डोकोमा तरकारी लिएर तीन घन्टा हिँडेर बजार पुगिन्छ, बिक्री गरेको रकमले छोराछोरीलाई कापी कलम किन्न समेत मुस्किल हुन्छ ।” सरकारले किसानले उत्पादन गरेको तरकारीलगायत अन्य कृषिजन्य वस्तुको बजार व्यवस्था गरिदिनुपर्ने उहाँको माग छ ।

“उत्पादन गरेको तरकारी बिक्री गर्न बजारको व्यवस्था र उचित मूल्य पाउन सके किसानलाई राहत पुग्थ्यो,” सिलवालले भन्नुभयो । उचित मूल्य पाउन सके युवा पुस्ता व्यावसायिक कृषि पेसातर्फ आकर्षित हुने उहाँ बताउनुहुन्छ ।

जिल्लामा व्यावसायिक तरकारीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । उत्पादनसमेत बढेको छ । तर उत्पादित वस्तुले उचित बजार मूल्य पाउन सकेको छैन । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष गत वर्षको भन्दा करिब ३०० हेक्टर बढी जग्गामा तरकारीखेती गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter