नेपाली कामदारको सुरक्षाबारे मन्त्री मंसुर र कतारी राजदूत हेलबीच छलफल

Labor, Foreign Employmentकाठमाडौँ, असार ६ गते । । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरसँग नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले आज शिष्टाचार भेट गर्नुभएको भएको छ ।

भेटमा मन्त्री मंसुरले कतारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारणबाट उत्पन्न हुनसक्ने सम्भाव्य असहज परिस्थितिबाट कतारमा कार्यरत रहेका नेपालीमा पर्ने असरबारे चासो व्यक्त गर्नुभयो ।

मन्त्री मंसुरले हाल कतारमा कार्यरत नेपाली कामदारको अवस्था के कस्तो रहेको तथा कुनै समस्या पर्ने हो कि भनी ध्यानाकर्षण गराउनुभएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जवाफमा राजदूत हेलले कतारमा अहिले जनजीवन विगतमा झैँ सामान्य रहेको बताउँदै कतारमा रहेका नेपाली कामदार कुनै अप्ठेरोमा नपर्ने कुरामा निश्चिन्त रहन आग्रह गर्नुभएको थियो ।

कतारमा रहेका सबैलाई कुनै समस्या वा अप्ठेरोमा पर्न नदिन कतारी सरकारबाट हर सम्भव प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

राजदूत हेलले कतारमा रहेको नेपालीले भोग्नुपरेको समस्याका बारेमा छलफल गरी आवश्यक कदम चाल्न दुई देशबीच भएको श्रम सम्झौता अन्तर्गतको प्राविधिक समितिको बैठकमा आवश्यक छलफल गरी समाधान गर्न सकिने बताउनुभयो ।

भेटमा मन्त्री मंसुरले कतारमा उत्पन्न कूटनीतिक सङ्कटको समाधान कूटनीतिक एवम् शान्तिपुर्ण तवरबाटै होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter