• Friday, May 02, 2025

कोदो, मकै हुने बारीमा तरकारी फल्न थालेपछि…

fruitsगाईघाट, असार ७ गते । पैसा कमाउन जागिर खानैपर्छ या त विदेशै जानुपर्छ भन्ने मान्यता तोड्दै उदयपुरका ग्रामीण किसानहरूले व्यावसायिक रूपमा तरकारी खेती गरेर घरआँगनमै लाखौँ रुपियाँ कमाउन थालेका छन् ।

यहाँको त्रियुगा नगरपालिका वडा नं. ४ का धेरै किसानले तरकारी खेतीबाट पनि विदेशको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका छन् । विगतमा आफ्नै उपभोगका लागि मात्र अलिकति तरकारी खेती गर्ने गरेका यहाँका किसानहरूले पछिल्ला केही वर्षयता बेमौसमी तरकारीबाट प्रशस्त आम्दानी गर्न थालेपछि एकपछि अर्काे किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

जताततै आधुनिक मलखाद र विषादीको प्रयोग गरेर उत्पादन गरिएको तरकारी पाइने गरेको बेला यहाँका किसानहरूले अर्गानिक तरकारी खेती गर्न थालेका छन् । जैविक प्रविधिको मलखाद आफै तयार गरी प्रशस्त तरकारी खेती गर्न थालेका यहाँका किसानको उत्पादनले उदयपुरमा प्रशस्तै बजार लिएको छ । स्थानीय किसान शुक्रबहादुर तामाङको भनाइमा परम्परागत मकै, कोदोको खेतीबाट भन्दा नगदेबालीका रूपमा रहेको तरकारी खेतीबाट किसानहरूले बढी मात्रामा आर्थिक लाभ लिन सकेकोले तरकारी खेतीतर्फ दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ ।

यहाँका करेसाबारी मात्र होइन, हिजोआज यहाँका खेतबारीमा समेत मौसम अनुसारको काउली, बन्दा, मूला, आलु, टमाटर, काँक्रा, खुर्सानी, भिन्डी, फर्सी, पर्बललगायतका उन्नत जातका तरकारीले हराभरा भएको देखिन थालिएका छन् ।

तरकारी खेतीबाट फाइदा हुन थालेपछि यहाँका किसानहरूले किसान समूहसमेत बनाएका छन् । जसका माध्यामबाट तरकारी उत्पादन, प्रविधिको प्रयोग तथा बजारीकरण गर्न सहज भएको कुरा सिर्जनशील करेसाबारी कृषक समूहका अध्यक्ष चन्द्रबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार हाल व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढ्दै गएपछि विदेशिनेको सङ्ख्या पनि घट्दै गएको छ ।

यहाँका हरेक तरकारी किसानले वार्षिक रूपमा कम्तीमा पाँच लाख रुपियाँभन्दा बढी तरकारीबाट मात्र कमाउने गरेका छन् । तरकारी खेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि यहाँका किसानको जीवनशैलीमा पनि परिवर्तन आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter