सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै; आर्मी क्लब र बजाज बाइकबीच सम्झौता

Nepali Football teamकाठमाडौँ, असार ७ गते । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने मंगलबार यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताउनुभयो ।

उहाँले निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको दाबी गर्नुभयो । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट डिफेन्डर, मिडफिल्डर तथा उत्कृष्ट स्ट्राइकरले जनही रु १० हजार पाउनेछन् ।

अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको अनुमानित खर्च रु ९० लाख रहेको आयोजकले जनाएको छ ।

आर्मी क्लब र बजाज बाइकबीच सम्झौता
त्रिभुवन आर्मी फुटबल क्लबलाई बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्दले सहयोग गर्ने भएको छ ।

भदकालीस्थित आर्मी अफिर्सस क्लबमा आज आयोजित एक कार्यक्रममा आर्मीलाई हुलासचन्दले तीन वर्षको लागि प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter