३०७ स्थानीय तहको मतगणना शुरु, स्थगित दुई वडाकाे निवार्चन शुक्रबार हुने; निर्वाचन सम्पन्न भएकामा प्रमबाट धन्यवाद ज्ञापन

Election Commissionकाठमाडौँ, असार १५ गते । स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार निर्वाचन सम्पन्न भएका ३३४ स्थानीय तह मध्ये ३०७ स्थानीय तहको मतगणना शुरु भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, अव २५ स्थानीय तहको मतगणना शुरुहुन बाँकी रहेको छ ।

उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र ताप्लेजुङ जिल्लाको एउटा मतदान स्थलको मतपेटिका संकलन हुने क्रममा रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

हिजो मतदान स्थगित भएका रुपन्देही जिल्ला कोटहिमाही गाँउपालिका वडा नं. १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ को पाण्डु मा.वि. मतदान केन्द्रमा भोलि मतदान हुने कार्यक्रम रहेको पनि आयोगले जानकारी दिएको छ ।

निर्वाचन सम्पन्न भएकामा प्रमबाट धन्यवाद ज्ञापन
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहकोे पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ वटै जिल्लाका स्थानीय तहमा अत्यन्त उत्साहपूर्ण मतदान भएको छ । दशकौँसम्मको अविराम लोकतान्त्रिक सङ्घर्ष–यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर यो स्थानीय निर्वाचनले दिएको छ, ” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै काँग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उल्लेख गर्नुभएको छ ।

संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणको यस राष्ट्रिय महायज्ञमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले अत्यन्त उत्साह, संयम र धैर्यका साथ आफ्नो मत दिनुभएको बताउँदै उहाँले निर्वाचनमा जनताको साथ, सहयोग र समर्थनले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको छ जनाउनुभएको छ ।
दोस्रो चरणको निर्वाचनमा देखिएको उत्साहजनक जनसहभागिताले आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनको सफलताको पूर्वसङ्केत गरेको उहाँले स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकामा नेपाल सरकार र निर्वाचन आयोग तथा मतदानमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत मतदाता सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई आफू र आफ्नो पार्टीका तर्फबाट धन्यवाद दिनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter