घट्यो धानको आयात; वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशतमात्र रोपाइँ

Paddyसुरेशकुमार यादव / विराटनगर, असार १५ गते । यो वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ सरकारले चौधौँ राष्ट्रिय धान दिवस मनाउँदैछ । सामान्यतया जुन १० मा भित्रिने मनसुन यो वर्ष दुई दिन ढिलो प्रवेश गरेको छ । मनसुन प्रवेश गरेसँगै देशैभरि धान रोपाइँ सुरु भएको थियो तर स्थानीय तहको चुनावका कारण थोरै भए पनि यो वर्ष रोपाइँ प्रभावित भएको छ ।

कृषि मन्त्रालयका अनुसार यो वर्ष १५ लाख ५२ हजार ४६९ हेक्टरमा धान बालीको रोपाइँ गर्ने लक्ष्य रहेको छ । मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटका अनुसार अघिल्लो वर्ष १५ लाख ५२ हजार हेक्टरमा धान रोपाइँ भएको थियो । मनसुनले साथ दियो भने आगामी वर्षभन्दा यसपटक एक लाख ७० हजार मेट्रिक टनभन्दा बढी धान फलाउने योजना मन्त्रालयको रहेको र सोहीअनुसार गृहकार्य भइरहेको उहाँले जानकारी गराउनुभयो । नेपालको कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानको खेती हुन्छ । यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशतमा र उच्च पहाडमा ४.१ प्रतिशत हेक्टरमा धानको खेती भइरहेको छ ।

सहप्रवक्ता सापकोटाले जुन रफ्तारमा धान उत्पादनमा वृद्धि भइरहेको छ यदि यो तीव्रता यस्तै रहने हो भने नेपाल चाँडै नै धानमा आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो । आगामी तीन वर्षमा धानमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न प्रकारका विशेष कार्यक्रम सञ्चालनमा ल्याएको उहाँले जानकारी गराउनुभयो । धानमा नेपाललाई आत्मनिर्भर बनाउन गत आर्थिक वर्ष २०७१÷७२ देखि २० जिल्लामा मसिना तथा बास्नादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम ल्याइएको जानकारी गराउँदै उहाँले २०७२÷७३ देखि तराईका विभिन्न १५ जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइएको र यो कार्यक्रम अहिले ३५ जिल्लामा विस्तार गरिएको र यो कार्यक्रम आगामी आर्थिक वर्ष २०७४÷७५ देखि स्थानीय तहलाई जिम्मा लगाइएको बताउनुभयो ।

धानमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले चालू आर्थिक वर्ष २०७२÷७३ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सञ्चालन गरेको छ । यो परियोजनाअन्तर्गत २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानबालीलाई समावेश गरिएको छ ।

यसैगरी चैते धानलाई प्रवद्र्धन गर्न करिब ५० जिल्लामा चैते धानको क्षेत्रफल विस्तार गरी अहिले एक लाख १८ हजार हेक्टरबाट विस्तार गरी तीन लाख हेक्टरमा पु¥याउने योजना मन्त्रालयले अघि बढाइएको छ । वर्षे धान र मकैका लागि चाहिने युरिया मल सरकारले व्यवस्था गरिसकेको छ । यस वर्ष युरिया मलको अभाव नहोस् भनेर धानबालीकै लागि भनेर कृषि सामग्री कम्पनीले ६० हजार मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार मेट्रिक टन गरी जम्मा ७० हजार मेट्रिक टन युरिया मल मौज्दात राखेको छ । कृषि सामग्रीले थप १० हजार मेट्रिक टन युरिया भित्र्याउने तयारीमा रहेको बुझिएको छ ।

धान आयात

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७३÷७४ को १० महिनामा २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बराबरको धान भारत, इटली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बङ्गलादेश अमेरिका, सिङ्गापुर र भियतनामबाट तीन लाख ५९ हजार नौ सय ९१ मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा भने २२ अर्ब ८० करोड ३० लाख ६५ हजार मूल्य बराबरको पाँच लाख ३९ हजार ६ सय मेट्रिक टन चामल आयात भएको थियो ।

यस वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २८.९ प्रतिशतमा सीमित रहने उल्लेख छ । अघिल्लो आर्थिक वर्ष जीडीपीमा यसको योगदान ३१ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । कुल खाद्यान्नमध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको छ ।

बिहीबार बिहानैदेखि धान दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम हुने जनाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान बाली विज्ञान महाशाखले खुमलटारमा संयुक्त रूपमा कार्यक्रम गर्दैछन् । भक्तपुर चाँगुनारायणको झौखेलमा धान रोपाइँ कार्यक्रम हुने कृषि मन्त्रालयले जनाएको छ । सो कार्यक्रममा तीनवटै जिल्लाका किसान, विज्ञहरू सहभागी हुने बताइएको छ । त्यहाँ रोपाइँ हुनुका साथै विभिन्न संस्कृतिका नाचगान, बाजागाजा पनि प्रदर्शन गर्नेछ त्यसको साथै दही च्युरा खाने कार्यक्रम पनि रहेको बताइएको छ ।
वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशतमात्र रोपाइँ
असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ ।

अहिलेसम्म एक हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ ।
समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष पनि खडेरीको मार खेप्नुपर्ने देखिएको किसान बताउँछन् ।

जेठ र असारको पहिलो सातामा अलिअलि वर्र्षा भए पनि त्यसपछि वर्षा नभएकाले केही किसानले सुख्खा खेतमा पम्पसेटमार्फत पानी हाली रोपाइँ गर्दै आएको हनुमाननगर कङ्कालनी नगरपालिका–२ का कृषक लाल माझीले बताउनुभयो ।

उचित सिँचाइको सधैँ अभाव खेप्दै आएका जिल्लावासी समयमा पर्याप्त मात्रामा पानी नपर्नाले अधिकांश खेतमा अहिलेसम्म रोपाइँ हुन नसकेको अर्का कृषक हरिशङ्कर विश्वासले बताउनुभयो ।

कुल ७० हजार हेक्टर खेतीयोग्य जमिन भएको यस जिल्लामा वर्षा नहुँदा अहिलेसम्म दुई प्रतिशतमात्र धान रोपाइँ भएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।

साथै मुलुककै पुरानो नहरका रुपमा रहेको चन्दर नहर जीर्ण भइ मर्मत नगरिएकाले यहाँका किसानले समयमै खेतमा पानी पटाउन नपाएको बताएका छन् गुनासो छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter