नेपालमा अस्ट्रेलियाली लगानी आउने

Krishna-Bahadur-Maharaकाठमाडौँ, असार १५ गते ।। उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा यहाँ अस्ट्रेलियाली लगानी आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक, शैक्षिक तथा अन्य क्षेत्रमा अस्ट्रेलिया सरकारले पु¥याएको सहयोगको सराहना पनि गर्नुभयो ।

राजदूत बडले अस्ट्रेलियामा नेपालीको बसोबास बढेको उल्लेख गर्दै दुई देशबीच जनस्तरसम्म सम्बन्ध विकसित भएको र आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच मन्त्री महरासँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय प्रतिनिधि पिप्पा ब्राडफोर्डले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल सरकारसँग भएको खाद्य कार्यक्रमसम्बन्धी सम्झौताका विषयमा छलफल भएको उपप्रधानमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter