प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने; सरकारको कामकारबाही प्रभावकारी बनाउन आग्रह

Sher Bahadur Deuwaकाठमाडौँ, असोज १ गते । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ ।

प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । ‘ जनतामा केन्द्रितःदिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवननिम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि शुरु हँुदैछ । महासभाको दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रिपति मैत्रीपाला सिरिसेना, बंगलादेशका राष्ट्रपति सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले सेप्टेम्बर २२ मा इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले त्यहाँका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई निर्देशनसमेत दिनाका साथै २२ सेप्टेम्बरमा न्यूयोर्कस्थित राष्ट्र संघ स्थायी नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने स्वागत समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्नुहुनेछ । त्यसैगरी उहाँ न्यूयोर्कका नेपालका महावाणिज्यदूतले २३ सेप्टेम्बरमा नेपालको संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ ।

प्रधामन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्नुहुनेछ, त्यहाँ उहाँले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरुको संरक्षणका बारेमा निर्देशन दिनुहुने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुनेछ ।

महासभामा भाग लिन तथा आवश्यक तयारीका लागि उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने आजै न्यूयोर्क प्रस्थान गर्दै हुुनुहुन्छ । परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नुुहुनेछ । उहाँले त्यहाँ रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुनाका साथै सम्बोधनसमेत गर्नुहुनेछ । उहाँले एसियाली सहयोग संवादको मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुहुने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री महरा १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ भने सोही दिन अपराह्न राष्ट्र संघका महासचिव गुटेरसद्वारा आयोजित दिवाभोजमा सहभागी हुनुहुने कार्यक्रम छ ।

उपप्रधानमन्त्री महरा राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा आयोजित राष्ट्रसंघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफल, राष्ट्र संघका महासचिवले आयोजना गर्र्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुरको अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी हुनुहुनेछ ।

सो सिलसिलामा उपप्रधानमन्त्री महराले बहराइन, भुटान, नर्वे, ओमन र कतारका विदेशमन्त्री तथा राष्ट्र संघका उच्च अधिकारीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । उपप्रधानमन्त्री महराले यस वर्ष जुलाइमा राष्ट «संघ सम्मेलनले स्वीकारेको परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गर्नुहुनेछ ।

प्रधानमन्त्री देउवासँग नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री महरा, महिला, बालबाललिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनुहुनेछ । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सरकारको कामकारबाही प्रभावकारी बनाउन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सोमबार प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाका बारेमा कुराकानी भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल भएको हो ।

“प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री दाहालले सरकारको कामकारबाही प्रभावकारी बनाउन आग्रह गर्नुभयो”, अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री देउवाले यही असोज ३ गतेदेखि संयुक्त राष्ट्र संघको महासभामा सहभागिताका लागि गर्न लाग्नुभएको संयुक्त राज्य अमेरिकाको भ्रमणको विषय र नेपालले उठाउनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

त्यस्तै प्रदेश र संघीय निर्वाचनको तयारीका विषयमा समेत सो अवसरमा सामान्य कुराकानी भएको बताइएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको व्यस्तताका कारण सरकार सञ्चालनलगायत विषयमा दुई दलका बीचमा छलफलसमेत हुन नपाएका सन्दर्भमा आज नेपाली काँग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter