• Wednesday, June 11, 2025

प्रदेश २ का ११९ स्थानीय तहमा मतगणना

Electionकाठमाडौँ, असोज ३ गते । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा यही असोज २ गते भएको निर्वाचनको हालसम्म प्राप्त विवरणानुसार ११९ स्थानीय तहमा मतगणना जारी छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणानुसार आज अपराह्न १ बजेसम्ममा बाँकी रहेका सप्तरीका चार, सिरहाको एक, धनुषाका दुई, महोत्तरीका दुई, सर्लाहीको एक, रौतहटको एक, बाराको एक र पर्साका चार स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।

सो प्रयोजनका लागि सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter