• Sunday, May 25, 2025

उपत्यकाभित्र पाँचहजार प्रहरी परिचालन गरिने

Metropolition Police Crime Sectionकाठमाडौँ, असोज ४ गते । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ ।

कार्यालयले दशैँ, तिहार तथा छठ पर्वमा चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, करणी, मानव बेचविखन, अपहरण, झैझगडा जस्ता घटनाको निगरानी तथा आवश्यक कारबाहीका लागि उक्त जनशक्ति खटाउन लागिएको हो ।

कार्यालयले आज पत्रकार सम्मेलन गरी जुवातास, लङ्गुर बुर्जा, मापसे सेवन गरी होहल्ला, कालोबजारी, पटाका, विभिन्न बहानामा हुने चन्दा आतंक, जर्बजस्ती असुली, गुण्डागर्दी, सवारी दुर्घटना रोक्न विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले घटना घटेको पाँच मिनेटमा घटनास्थल पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । “महत्वपूर्ण प्रतिष्ठान, सपिङ मल तथा बैंकिङ क्षेत्रमा २४ सै घण्टा गस्ती पहरा तथा प्रहरी परिचालन गर्ने प्रवन्ध मिलाएका छौँ” – चन्दले भन्नुभयो ।

कार्यालयले मठ मन्दिर, मेलापर्व, विमानस्थल तथा बसपार्क, होटल तथा गेष्ट हाउस, उपत्यका भित्रिने तथा बाहिरिने नाका, उपहार तथा चिठ्ठाको नाममा हुने ठगीलाई रोक्न विशेष सुरक्षा योजना लागू गरेको छ ।

यस्तै, घरदैलो कार्यक्रम सञ्चालन, सचेतना कार्यक्रम, अन्तक्र्रिया, नागरिक सुनुवाइ, सामुदायिक प्रहरी परिचालन, सामाजिक सञ्जाल तथा ट्राफिक एफएमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । यसैगरी, यात्रुहरु नठगियूँन भन्नाका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने छ भने यात्रु सहायता कक्षमार्फत पनि सहयोग पु¥याइने छ । उपत्यकाका ३२ स्थानमा जाँच गर्ने प्रवन्ध गरिएको छ ।

कार्यालयले होहल्ला गरेमा, शंकास्पद सामान ओसारपसार गरेमा, मदिरा सेवन गरी सवारी चलाएमा, जुवा तास खेलेको भेटाएमा, कालोबजारी भइरहेको, दुर्घटना भएको वा नशाको प्रभावमा हिँडिरहेको व्यक्ति देखेमा नेपाल प्रहरीको कन्ट्रोल १०० वा काठमाडौँ, भक्तपुर वा ललितपुर प्रहरीका प्रमुखलाई तत्काल खबर गर्न आग्रह पनि गरेको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter