सोह्रवटा हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ

Cho Lang Pass_Mountainध्रुवसागर शर्मा, बेनी, म्याग्दी, असोज १८ गते । संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ ।

जगन्नाथ मन्दिर दर्शन एवं पूजाआजाका लागि पुग्ने जो कोही पनि एकैछिन भनेर गुफाको डिलमा पुग्ने गरेका छन् । बेनीको शिरमा रहेको गुफाको डिलबाट धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरि, मानापाथी, गुर्जा, गणेश हिमाललगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।

धौलागिरि हिमालमा मात्रै विभिन्न छवटा चुचुरा छन् । त्यहाँ पुग्दा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले पर्यटक तान्न आतुर रहेको आभास हुन्छ ।

नांगो आँखाले गुर्जा हिमालदेखि माछापुच्छे«सम्म एकै नजरमा हेर्न पनि भ्याइन्छ । गुफाको डिलबाट हिमाल मात्रै होइन म्याग्दीका साविकका ४१ वटा गाविसमध्ये ३७ वटा गाविस एकै नजरमा सररर हेर्न सकिन्छ ।

यसैगरी, पर्वतको उत्तरी भू–भाग, बागलुङ जिल्लाको केही भाग र अन्य जिल्लाका डाँडाकाँडासमेत गुफाको डिलबाट देखिन्छ । गुफाको डाँडाबाट सबै किसिमका ठाउँ र दृश्य देखिने भएकाले एकपटक त्यहाँ पुगेर फोटो खिचाउनका लागि पनि मानिस पुग्ने गरेका स्थानीय नवीन बानियाँले जानकारी दिनुभयो ।

म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर तीन घण्टा र गाडीमा एक घण्टाको समयमा पुगिने गुफाको डिल समुद्री सतहदेखि दुई हजार १०० मिटरको उचाइमा अवस्थित छ । गुफाको डिलमा दुईवटा हेलिकप्टर अवतरण गर्न मिल्ने ठाउँ पनि रहेको छ । उक्त ठाउँबाट सेताम्मे हिमाल र राताम्मे लालीगुराँसका वनजंगल देख्न पाइन्छ । त्यस ठाउँमा जुनसकै समयमा पनि ड्राई पिक्निकका लागि जान मिल्ने उपयुक्त ठाउँ रहेको त्यहाँ पुग्ने बताउँछन् ।

जगन्नाथ मन्दिरदेखि पाँच मिनेटको दूरीमा रहेको गुफाको डिलको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास गर्न सकेमा स्वदेशी र विदेशी पर्यटकहरु भित्र्याउन सकिने जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक निलकण्ठ शर्माले बताउनुभयो ।

प्रसिद्ध गलेश्वर मन्दिर, पौलस्त्य पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय क्षेत्र टोड्के जोड्ने पदयात्रा निर्माण गर्न सकेमा पनि पर्याप्त मात्रामा पयर्टक तान्न सकिने उहाँको भनाइ छ ।

सन् १५६० मा तत्कालीन राजा दिलीपबम मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको हुँदा त्यसैका कारण गाँज्ने गाउँमा मदिरा उत्पादन र कुखुरापालन गर्न निषेध गरिएको किंवदन्ती रहेको छ । मन्दिरको यस्तैखाले विशेषताका कारण पनि जगन्नाथ दर्शन र गाँज्ने गाउँ तथा गुफाको डिल हेर्न मानिस पुग्ने गरेका छन् । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter