प्रत्यक्षतर्फ गठबन्धनको दुई तिहाइ; समानुपातिकमा एमाले–कांग्रेसबीच तीव्र प्रतिस्पर्धा

Communist Party Flagकाठमाडौं- नेकपा एमाले र नेकपा माओवादी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतफ दुई तिहाइ स्थानमा जित हासिल गरेको छ ।

निर्वाचन आयोगले सोमबार राति साढे नौ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभातर्फ १५४ स्थानमा मत परिणाम घोषणा हुँदा वाम गठबन्धनले ११२ स्थानमा विजयी भएको छ । जसमा एमालेले ७६ र माओवादीले ३६ स्थानमा जीत हासिल गरेका छन् ।

घोषणा हुँन बाँकी ११ स्थानमध्ये एमालेले ५ र माओवादीले ३ स्थानमा अग्रता लिएको छ । घोषित परिणाममध्ये वापमन्थी गठबन्धनले करिब ७३ प्रतिशत स्थान हासिल गरेको छ ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा पहिलो स्थान हासिल गरेको सत्तारूढ दल नेपाली कांग्रेस तेस्रो स्थानमा खुम्चिएको छ । प्रतिनिधिसभामा सो दलले २१ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी मधेसी गठबन्धनले १९ स्थानमा जित हासिल गरेको छ । मधेसी गठबन्धनले तीन स्थान अग्रता लिएको छ ।

संघीय समाजवादी फोरमले १० स्थान जितेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ९ स्थानमा जित हासिल गरेको छ । राजपाले तीन स्थानमा अग्रता कायम राखेको छ ।

मतगणना जारी रहेको सुनसरी ३ मा भगवती चौधरी, स्याङ्जा १ र २ मा नारायण मरासिनी र पद्मा अर्याल, कैलाली २ मा झपट रावल र कञ्चनपुर ३ मा दीपकप्रकाश भट्ट अग्रस्थानमा छन् । उनीहरु एमालेका उम्मेदवार हुन् । त्यसैगरी धनुषा १ मा माओवादी मातृका यादव अग्रस्थानमा छन् ।

प्रदेश नम्बर एकका २८ निर्वाचन क्षेत्रमध्ये २७ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १६ मा जित हासिल गरेको छ । बाँकी एक स्थानमा अग्रता लिएको छ । माओवादीले ६, कांग्रेसले ४ र राप्रपाले एक सिट जितेका छन् ।

प्रदेश नम्बर २ मा वामपन्थी गठबन्धन कमजोर देखिएको छ । ३२ मध्ये एमालेले प्रतिनिधिसभामा २ वटा मात्रै निर्वाचन क्षेत्र जितेको छ । माओवादीले ४ क्षेत्रमा जितेर एक स्थानमा अग्रता लिएको छ ।

संघीय समाजवादी फोरम ९ र मधेसी गठबन्धनको अर्को दल राजपा १० निर्वाचनमा क्षेत्रमा विजयी भएका छन् । कांग्रेसले ५ क्षेत्रमा जित हासिल गरेको छ ।

प्रतिनिधिसभामा ३३ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर तीनमा वाम गठबन्धनले अत्यधिक स्थान जितेको छ । ३३ वटै निर्वाचन क्षेत्रमा परिणाम सार्वजनिक हुँदा एमालेले २० र माओवादीले ७ क्षेत्रमा जित हासिल गरेका छन् । कांग्रेस ५ क्षेत्र र नेपाल मजदुर किसान पार्टी १ क्षेत्रमा विजयी भएको छ ।

प्रदेश नम्बर चारका १८ स्थानमध्ये १६ क्षेत्रमा परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ११ र माओवादी केन्द्रले ३ स्थानमा जितेको छ । गणना जारी रहेको २ स्थानमा एमाले अग्रस्थानमा छ । कांग्रेस र नयाँ शक्ति नेपालले १–१ स्थानमा जित हासिल गरेका छन् ।

प्रदेश नम्बर पाँचमा पनि वाम गठबन्धनले वर्चस्व कायम राखेका छन् । २६ निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा गठबन्धनले २० स्थान जितेको छ । जसमा एमाले १२, माओवादी ७ र राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भएका छन् । यस्तै कांग्रेसले ५ र संघीय फोरमले १ क्षेत्रमा चुनाव जितेका छन् ।

१२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्रदेश ६ मा एमाले ६ र माओवादी ५ स्थानमा विजयी भएको छ । अर्को १ क्षेत्रमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । उनी माओवादी केन्द्रका बागी उम्मेदवार थिए ।

सात नम्बर प्रदेशका १६ मध्ये एमालेले ९ स्थानमा जित हासिल गरेको छ भने मतगणना जारी रहेको २ स्थानमा पनि एमालेले नै अग्रता लिएको छ । माओवादी केन्द्रले ३ स्थानमा जितेको छ । प्रदेश ७ मा कांग्रेसका सभापति शेरबहादुर देउवा मात्रै विजयी भएका छन् । मतगणा जारी रहेको कैलाली– १ मा राजपाका रेशम चौधरी अग्रस्थानमा छन् ।

समानुपातिकमा एमाले–कांग्रेसबीच तीव्र प्रतिस्पर्धा

प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फको परिणाममा निकै पछाडि देखिएको कांग्रेसले समानुपातिकतर्फ भने एमालेलाई कडा टक्कर दिइरहेको छ ।

मतगणना सकिएका अधिकांश जिल्लामा जारी मतगणनाको पछिल्लो परिणामले दुई दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार एमालेले १४ लाख ८३ हजार १०१ मत प्राप्त गरेको छ भने कांग्रेस १३ लाख ९३ हजार ९ सय ४८ मतसहित पछ्याइरहेको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ५ लाख ८८ हजार ३ सय ६६ मत, चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले १ लाख ३६ हजार ९ सय ६९ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ९२ हजार ५२, विवेकशील साझा पार्टीले ८९ हजार ६ सय ६५ राष्ट्रिय जनता पार्टी नेपालले ८४ हजार २ सय २९, नयाँ शक्ति पार्टीले ४६ हजार १ सय ९० मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ३० हजार ७ सय २७ राष्ट्रिय जनमोर्चाले ३० हजार १ सय ४६ मत ल्याएका छन् भने अन्य विभिन्न साना दलले एक लाख २५ हजार ९ सय ६६ मत पाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter