मतगणनास्थललाई चिडियाखाना बनाउन नदिनुस्- पर्यवेक्षक

Vote Countingकाठमाडौँ, मङ्सिर २६ गते । पिँजडाजस्तो छेकाबारभित्र मतगणना गर्नुपर्ने अवस्था अन्त्य गर्न निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने संस्कार विकास गर्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिइएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षक समिति (जियोक) र संकल्प अभियानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको समग्र अवस्थाको पर्यवेक्षणपछि उक्त सुझाव दिएका हुन् ।

जनताको ठूलो बलिदानपछि मुलुकले उच्चकोटिको लोकतन्त्रको अभ्यास गरिरहेका अवस्थामा ‘पिँजडा’भित्र हुने मतगणनाले अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तो सन्देश देला भनी प्रश्न गर्दै पर्यवेक्षक संस्थाका तर्फबाट मतगणनास्थललाई चिडियाखाना बनाउन नदिने वातावरण सिर्जना गर्न आवश्यक रहेको धारणा प्रस्तुत भयो । ती संस्थाले भनेका छन्, “मतगणनालाई आगामी निर्वाचनमा थप वैज्ञानिक, पारदर्शी, सहज र समायोजित बनाउन आवश्यक छ ।”

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमार्फत मतदाताले राजनीतिक स्थायित्व, गणतन्त्र, लोकतन्त्र र संघीयता कार्यान्वयका लागि आफ्नो समर्पण देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आम मतदाताले स्वच्छ, स्वतन्त्र र निर्भीकताका साथ मतदान गरेको परिणामले देखाएको छ, मतदाता कसैको लोभलालचमा परेको देखिएन । निर्वाचनको पूर्वसन्ध्यामा उब्जिएको भय, आशंका र सबैखाले प्रश्नलाई आम मतदाताले निस्तेज तुल्याइदिएका छन् ।
निर्वाचनका समयमा भएका नकारात्मक घटनाबाट चुनावलाई सफल तुल्याउन आयोगलाई सकारात्मक ऊर्जा मिलेको स्मरण गर्दै डा यादवले मतदाताको अपार सहभागिताले निर्वाचनमा जनशक्ति परिचालन, भौतिक पूर्वाधारको व्यवस्थापन र अन्य प्राविधिक पक्ष व्यावहारिक र वैज्ञानिक रहेको पुष्टि गरेको धारणा राख्नुभयो ।

जियोकका अध्यक्ष हिमालयशम्शेर राणाले निर्वाचन आचारसंहिता पालना गर भनेर चिच्याउने तर कारबाही गर्न नसक्ने पक्षलाई आयोगले सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले मतदाताले पनि आर्थिक हिसाबले आफूलाई खुशी पार्नुपर्छ भन्ने प्रवृत्तिलाई सच्याउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दल र सरकारलाई आगामी दिनमा पनि निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार दिन र निर्वाचनका लागि आवश्यक पर्ने कानून सयममै उपलब्ध गराउने कुरालाई गम्भीर ढंगले लिन सुझाव दिनुभयो ।

आयोजक संस्था जियोकका सदस्य सचिव एवं नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, संकल्प अभियानका महासचिव शोभा बस्नेत र नियोकका महासचिव डा गोपालकृष्ण शिवाकोटीले निर्वाचन आचारसंहिताको पालना र मतदाता शिक्षामा देखिएका कमजोरीबारे जानकारी गराउनुभएको थियो । ती तीनसंस्थाले निर्वाचनको अनुगमनका लागि चार हजारभन्दा बढीको संख्यामा पर्यवेक्षक खटाएका थिए ।

कार्यक्रममा स्थानीय तह एवं प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न गराएको भनी डा यादवलाई अभिनन्दन गरिनाका साथै ती संस्थाका तर्फबाट मतदाताप्रति सम्मान व्यक्त गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter