• Thursday, May 01, 2025

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका सबै नतिजा सार्वजनिक; समानुपातिक अपडेट : एमाले अघिअघि, कांग्रेस पछिपछि

Last Updateकाठमाडौं, मंसिर २७ गते । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ ।

प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो ।

प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका ८०, नेकपा माओवादी केन्द्र का ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यसैगरी नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदूर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा पाँच महिला निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका १६८, नेकपा माओवादी केन्द्रका ७३, नेपाली काँग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र तीन, नयाँ शक्ति पार्टी नेपालका दुई, राष्ट्रिय जनमोर्चाका दुई, नेपाल मजदुर किसान पार्टीका एक उम्मेदवार निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ १७ महिला उम्मेदवार विजयी भएका छन् ।

आयोगका अनुसार हालसम्म ५६ लाख ८९ हजार ८५९ मतगणना सम्पन्न भएकामा नेकपा एमालेले १९ लाख ८९ हजार ५००, नेपाली काँग्रेसले १९ लाख चार हजार २०८, नेकपा माओवादी केन्द्र ले सात लाख ६८ हजार ३७८ र संघीय समाजवादी फोरम नेपालले दुई लाख ५२ हजार ६९८ मत प्राप्त गरेका छन् ।

दिउँसो १२ बजेसम्ममा राष्ट्रिय जनता पार्टी, नेपालले एक लाख ८९ हजार २०४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ३२ हजार ५००, विवेकशील साझा पार्टीले एक लाख २३ हजार ६२, नयाँ शक्ति पार्टी, नेपालले ५६ हजार ५८४, राष्ट्रिय प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिकले ४४ हजार १७५ र राष्ट्रिय जनमोर्चाले ३५ हजार ९७ तथा अन्य दलले एक लाख ९४ हजार ४५३ मत प्राप्त गरेका आयोगले जनाएको छ ।

समानुपातिक अपडेट : एमाले अघिअघि, कांग्रेस पछिपछि

प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फको परिणाममा निकै पछाडि देखिएको कांग्रेसले समानुपातिकतर्फ भने एमालेलाई कडा टक्कर दिइरहेको छ । समानुपातिकको मतगणना भएदेखि नै अगाडिरहेको एमाले अहिले पनि अगाडि नै छ भने कांग्रेस पछ्याइरहेको छ ।

पछिल्लो परिणामअनुसार एमालेले २१ लाख ९ हजार ८८ मत प्राप्त गरेको छ भने कांग्रेस २० लाख २४ हजार ६ सय ७४ मतसहित पछ्याइरहेको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख १२ हजार १ सय ६७ मत, चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले २ लाख ६९ हजार ४ सय ६३ मत प्राप्त गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले २ लाख ११ हजार ९ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ४० हजार ३ सय ३०, विवेकशील साझा पार्टीले १ हजार ३५ हजार ४ सय ७३, नयाँ शक्ति पार्टीले ५८ हजार ७ सय मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४६ हजार ८ सय ९१, राष्ट्रिय जनमोर्चाले ३५ हजार ५ सय ७६ मत ल्याएका छन् भने अन्य विभिन्न साना दलले २ लाख ६ हजार ८२ मत पाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter