• Wednesday, May 21, 2025

७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, एमाले र कांग्रेसको मतान्तर ५० हजार

Vote-counting-Kathmanduकाठमाडौँ, पुस १ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

शनिबार आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सुनसरी र सर्लाहीका केही निर्वाचनमा गणना जारी रहेको जानकारी दिएको छ । आयोगका अनुसार शनिबार साँझसम्म ९४ लाख ९८ हजार २ सय ७१ मत गणना सकिएको छ ।

प्राप्त परिणाम अनुसार नेकपा एमाले ३१ लाख ६० हजार ९४५ मत, नेपाली कांग्रेस ३१ लाख १० हजार २२५, माओवादी केन्द्र १२ लाख ९५ हजार ७११, संघीय समाजवादी फोरम नेपालले ४ लाख ६८ हजार ३९९ र राष्ट्रिय जनता पार्टीले ४ लाख ६८ हजार ३४६ मत प्राप्त गरेका छन् ।

एमाले र कांग्रेसबीचको मतान्तर ५० हजार ७२० रहेको छ ।

यसैगरी विवेकशील साझा पार्टीले २ लाख १२ हजार २९३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार १८६, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार २ सय १२, नयाँ शक्ति पार्टी, नेपाल ८१ हजार ४२६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १२३ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरुले ३ लाख ५४ हजार ४०५ मत पाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter