• Tuesday, May 20, 2025

सरकार गठनका लागि मार्ग प्रशस्त गर्न ओलीको आग्रह; राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

Oli after nominationभक्तपुर, पुस १ गते । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले आज अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनको परिणाम आइसकेकाले अब काँग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताए।

राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैर संवैधानिक अध्यादेश राष्ट्रपतिसमक्ष लगेको उल्लेख गर्दै उनले गैर संवैधानिक अध्यादेश पारित गर्न नहुने बताए।

अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा निहुँ खोजेर काँग्रेसले सत्ता लम्ब्याउन चाहेको आरोप लगाउँदै काँग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गर्न खोजेको बताए।

नयाँ सरकार बनाउन राष्ट्रियसभा गठन आवश्यक नरहेको प्रष्ट पार्दै उनले निर्वाचन आयोगले पनि कानूनअनुसार काम गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले आयोग संविधान र कानूनअनुसार चल्नुपर्ने बताउँदै प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि व्यक्त गरे।

आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै उनले जनमतअनुसार काँग्रेसलाई सत्ता छाड्न र प्रदेश प्रमुख नियुक्तिमा अनावश्यक कसरत नगर्न पनि आग्रह गरे।

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा उहाँहरुबीच छलफल भएको छ ।

राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफलका क्रममा प्रचणडसँग भेटवार्ता गरेको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter