दुई हजारलाई लालपूर्जा

Lal Purjaगौशाला, पुस ४ गते । वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन एक एक नगरपालिका र गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन् ।

बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपूर्जाविहीनलाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताउनुभयो ।

बलवाका ७३१ र महोत्तरीका एक हजार ७३० जनालाई लालपूर्जा वितरण गरिएको मञ्चका जिल्ला संयोजक राजकुमार बस्नेतले जानकारी दिनुभयो ।

उनीहरुलाई गाउँठाउँमै पुगेर नापी टोली र मञ्चका पदाधिकारीले लालपूर्जा वितरण गरेको १ नं नापी टोली प्रमुख तथा सर्वेयर उमेशलाल कर्णले बताउनुभयो । मञ्चका अध्यक्ष सिनमाया गिरीका अनुसार महोत्तरी जिल्लामा अहिले २१ हजार व्यक्ति भूमिहीन भएको तथा अहिले ऐलानी, पर्ती र सार्वजनिक जग्गामा बसोबास गर्दै आएकाले उनीहरुलाई पनि चाँडै मञ्च र नापी कार्यालयको सहयोगमा लालपूर्जा वितरण गरिने वचन दिनुभयो । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya