• Wednesday, April 30, 2025

मेलम्चीको पानी वितरण तयारी अन्तिम चरणमा

melamchiकाठमाडौँ, पुस ४ गते । मेलम्चीको पानी वितरण गर्ने पाइपलाइनको काम झण्डै ९१ प्रतिशत सम्पन्न भएको छ । पाइपलाइनको वितरण सञ्जाल हालसम्म ६३३ कि.मी सम्पन्न भएको छ भने थोक वितरण प्रणालीतर्फ ६६ कि.मी सम्पन्न भएको छ । अब वितरण सञ्जालतर्फ ४४ कि.मी र थोक वितरण प्रणालीतर्फ ५६ कि.मी बाँकी रहेको मेलम्ची खोनेपानी विकास समिति उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले वितरण सञ्जालको परीक्षणसमेत गरिसकेको छ । निर्देशनालयले मुख्य र सहायक वितरण सञ्जालमा पानी परीक्षण गरेको हो । परीक्षणबाट पाइप लिगेजको अवस्था, पानीको गतिका बारेमा जानकारी हुनुका साथै मुख्यत पाइपहरू सफा गर्ने काम भइसकेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताउनुभयो ।

मेलम्चीबाट सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रथपका विभिन्न स्थानमा निर्माण गरिएको टङ्कीमा पु¥याइने छ । उपत्यकामा नौवटा टङ्की निर्माण भइरहेका छन् । जसमध्ये ८ वटा टङ्की निर्माण सम्पन्न भई फिनिसिङको चरणमा रहेको प्रवक्ता ढकालले बताउनुभयो ।

महाँकालचौर, बाँसबारी, पानीपोखरी, बालाजु, आरुबारी, कीर्तिपुर र ललितपुरको खुमलटारमा टङ्की निर्माण सम्पन्न भएका छन् । उपत्यकामा निर्माण भएको टङ्कीहरूमा ६५ हजार लिटर पानी सङ्कलन हुनेछ । निर्देशनालले हाल पाइपलाइनका साथै सडकका चोकहरूमा भल्वबक्स र च्याबरहरू बनाउने काम भइरहेको छ । मेलम्चीको पानी काठमाडौँ आउनासाथ वितरण गर्नसक्ने तयारी अवस्थामा निर्देशनालय रहेको ढकालको भनाइ छ । उहाँले भन्नुभयो

‘हामी योजनाअनुसार अघि बढिरहेका छौँ, अन्तिम चरणमा छौँ, मेलम्चीको पानी वितरण गर्ने तयारी अवस्थामा छौँ । ’ उहाँका अनुसार उपत्यकाका केही क्षेत्रमा पुरानै वितरण प्रणालीबाट पनि मेलम्चीको पानी वितरण गरिने छ । मेलम्चीको पानी आइसकेपछि तत्कालका लागि नयाँ र पुरानै वितरण सञ्जालबाट वितरण गरिने छ । महाराजगञ्ज, स्वयम्भू नयाँबजार, धुम्बाराहीलगायतका क्षेत्रमा तत्कालका लागि पुरानो वितरण प्रणालीबाट पानी वितरण हुनेछ ।

आयोजनाले ८३ हजार ५४९ वटा धारा जडान गर्नेछ । हालसम्म ४५ हजार धारा जडान गरिसकेको छ । तीन अर्ब रुपियाँको पाइप बिछ्याइएको छ । कुल बजेटको ८० प्रतिशत रकम पाइपलाइनमा खर्च हुँदै आएको छ । १५ प्रतिशत पानी टङ्की निर्माणमा खर्च भएको छ । पाइपलाइन विस्तार टङ्की निर्माणलगायतका पूरै संरचनाहरू निर्माण हुन भने सन् २०२० सम्म लाग्ने निर्देशनालयले जनाएको छ ।

ढकालले भन्नुभयो ‘नयाँ पाइपलाइनको विस्तारको काम तीव्र गरेका छौँ विस्तार गर्न बाँकी रहेका ठाउँमा पुरानै वितरण सञ्जालबाट तत्कालका लागि वितरण गर्छौं, पुराना पाइप बिगारेको छैन, त्यही अनुसारको सेटिङ गरेका छौँ, मेलम्ची आएपछि पाइपलाइनको कारणले समस्या हुँदैन ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter